यार्सागुम्बा टिप्नेका लागि स्कुल

डोल्पा २८ वैशाख । यार्सागुम्बा सिजनको सुरुवात भएसँगै आयआर्जनका लागि हिमाली पाटन जाने विद्यार्थीलाई लक्षित गरेर यस वर्ष पनि घुम्ती विद्यालय सञ्चालन गरिने भएको छ । यार्सागुम्बा सङ्कलनको समयमा शिक्षक, विद्यार्थी, अभिभावक, पशु चौपायासहित सर्वसाधारण गाउँ नै शून्य पारेर पाटन जाने भएकाले यस समयमा विद्यार्थीलाई पाटनमै पढ्ने वातावरण सिर्जना गर्नका लागि चार वर्षयता जिल्लाका विभिन्न पाटनमा घुम्ती विद्यालय सञ्चालन गरिने गरेको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले जानकारी दिएका छन् ।

यार्सागुम्बा सङ्कलन अवधिभर सबै विद्यार्थी तथा शिक्षक पनि पाटनतिरै हुने भएकाले यसलाई मध्यनजर राख्दै कक्षा १ देखि ५ सम्मका किताबसम्बन्धी आधारभूत कुरा तथा वातावरण संरक्षणसम्बन्धी सिकाइने पौडेलले बताए ।यसमा स्थानीय विषयअन्तर्गत यार्सागुम्बा कसरी सङ्कलन गर्ने भन्ने विषयमा पनि जानकारी गराइने उनले बताए ।

जिल्लामा सबैभन्दा धेरै सर्वसाधारण जाने यार्सा पाटन माझफाल गाविसको मेली सामुदायिक वनअन्तर्गत ओपा, बागडाँडा, तरपरे, रह गाविसको माटे, पार्वा रुमान, दुनै गाविसको ठाँगे तथा काइगाउँ गाविसको डोप्का जगदुल्लालगायतका स्थानमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment