खानेपानीको ट्यांकीमा विषादी

समाचार

एविसि खबर
दाङ, २८ बैशाख । तुलसीपुर नगरपालिका १० भट्टे गाउँको सिरानमा रहेको खानेपानीको ट्यांकीमा विषदी मिसाईए पछि गाउँले एकजनालाई पक्रेर प्रहरीलाई बुझाएका छन् । उनलाई ट्यांकीमा मेटासिट नामक विषादी हालेको आरोपमा समातिएको हो ।

उनले आइताबार राती नै मेटासिट हालेको भन्दै सोमबार विहान धारामा पानी खोल्ने क्रममा गन्ध आएपछि एकपछि अर्को गर्दै गाउँभरी हल्ला भएको थियो । गाउँको सिरानमा रहेको खानेपानीको ५५ हजार लिटर क्षमताको रिजर्ववायर ट्याङकीमा हेर्दा विषादी हालेको पाइएको बताइएको छ ।

विहानै गाउँलेहरु जानकारी पाएपछि ठूलो घटना हुनबाट जोगिएका छन् । खानेपानीको टं्याकीमा मेटासिट नामक विषादी हालेको समयमै जानकारी पाएपछि यस्तो सम्भावित जोखिमबाट जोगिएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले जानकारी दिए ।

उनीहरुले ‘पाँच बजे धारामा पानी खोल्दा ह्वास्स, पानी गन्ध आयो, किन आज यस्तो पानी आयो भनेर घरपरिवारमा खुलदुली मच्चियो’, स्थानिय नरबहादुर वलीले भने, केहि समय पछि छिमिकेले पनि यस्तै भन्न थाले, एकै छिनमा गाउँभरीका मान्छे जम्मा भएर चौंकीदारलाई धारा वन्द गर्न पठायौ ।’ ट्याङकीमा हेर्दा जम्मा भएको पुरै पानी सेताम्य र मेटासिटको डुङडुङती गन्ध आए पछि प्रहरीलाई खबर गरेको सचिव वलीले बताए ।

स्थानिय प्रेम खत्रीले विषादी हालेको भन्दै पक्राउ गरेर गाउँलेले प्रहरीलाई बुझाएका छन् । अन्य दिनको गतिविधि र रातको समयमा खत्रीलाई गाउँमा ओहोरदोहर गरेको देखे पछि गाउँलेहरुले उनलाई संका गरेका हुन् । स्थानियले ट्याङकीमा करिब १५ लिटर विषादी हालेको अनुमान गरेका छन् ।

डेढ घण्टा पैदल हिडेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा संयौको संख्यामा पुगेका गाउँलेहरुले पक्राउ परेका खत्रीलाई हदै सम्मको कार्बाही हुनु पर्ने माग गरेका छन् । करिब पाँच सय जनाको संख्या रहेको भट्टेको गाउँमा उक्त टंकीबाट एक सय १५ वटा धारा वितरण गरिएको छ ।

Facebook Comments

Leave a Reply