ट्याक्टर पल्टिँदा चालकको मृत्यु

समाचार

एविसि खबर

महोत्तरी, २७ वैशाख । महोत्तरीको बर्दिवास नगरपालिका–५ मा सोमबार बिहान इँटा बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान ज १ त १४७७ नम्बरको ट्याक्टरमा इँटा लोड गरी गइरहेको समयमा अनियन्त्रित भई पल्टिदा सोही ट्र्याक्टरका चालक औरही–८ का २० वर्षीय विनय सदाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही ट्याक्टरमा लोड गरिएको इँटाले थिचिएर गम्भीर घाइते भएको सदाको उपचारको क्रममा बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उनको ज्यान गएको जिल्ला ट्र«ाफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

Facebook Comments

Leave a Reply