भोजपुरमा ईन्सेफ्लाईटिस विरुद्व खोप

यौन / स्वास्थ्य

विवेक राई

भोजपुर २६ वैशाख । भोजपुरमा जापानिज ईन्सेफ्लाईटिस रोग विरुद्ध््को खोप अभियान आईतबारवाट शुरु भएको छ । जिल्लाको सवै गाविस तथा नगरपालिकाहरुमा यो अभियान चलाईने जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

जापानिज ईन्सेप्फ्लाईटिस रोग लामखुट्टेले कुनैपनि सक्रमित पशुपक्षिलाई टोकेपछि उतm लामखुट्टेले मानिसलाइ टोक्यो भने यो सर्ने जिल्ला स्वास्थ्य प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिएका छन् ।

तर एक व्यातिm बाट अर्को ब्यतिmमा भने नसर्ने यो रोगको निश्चित उपचार नभएको र यसको एकमात्र उपाय जेइ भ्याकसिन भएकोले भोजपुरमा ४६ हजार ७ सय ३७ वालवालिकालाई खोप अभियानमा संलग्न गराईनेछ । जिल्लाको सवै गाविस तथा नगरपालिकाहरुको पायक पर्ने स्थानमा खोप अभियान सन्चालन गरिने जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । ३ चरणमा गरिने कार्यक्रम असार महिना सम्म सन्चालन हुने छ । जिल्लाको ६ सय केन्द्रहरुमा सन्चालन हुने कार्यक्रममा ६ सय स्वास्थ्यकर्मीहरु परिचालन भएका छन् । १ देखि १५ वर्ष सम्म उमेर समुहकालाई दिईने यो खोपमा सहभागी हुन सवै आफ्नो पायक पर्ने स्वास्थ्य केन्द्रमा उपस्थित हुन सुचना तथा शन्देशहरु पठाईसकिएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

पुर्वाञ्चलको सिराहा, सप्तरी, उदयपुर बाहेकका १३ ओटा जिल्लाहरुमा यस आर्थिक बर्ष ०७२÷०७३ मा यस रोग विरुद्धको जे ई भ्याक्यासीन दिन थालिएको हो । सबै उमेरका मानिसहरुलाइ यो रोग लाग्ने गरेता पनि एक बर्ष देखि १५ वर्ष भित्रका बालबालीकाहरुलाई बढि लाग्ने भएको ले यो उमेर समुहकालाई यो भ्याक्सीन, खोप केन्द्रहरुबाट निशुल्क उपलब्ध गराईने जिल्ला स्वास््थ्य कार्यलय भोजपुरले जनाएको छ ।

Facebook Comments

Leave a Reply