कुटपिट र यौन दुव्यबहारमा पर्ने आमाछोरीको उद्दार

संगीता राई
खोटाङ, २६ वैशाख । कुटपिट र यौन दुव्र्यबहार गरि जर्बजस्त मिलापत्र गराइएको एक आमाछोरीलाई मानव अधिकार आयोगले उद्दार गरेको छ । होटलमा काम गर्नेक्रममा खोटाङकी एक आमाछोरीलाई होटल संचालकले जर्वजस्ती गर्न खोजेको, यौन दुव्र्यबहार, गरेको मानसिक यातना तथा शाररिक यातना दिएको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई जर्वजस्त मिलापत्र गराइएको खुलासा भएको थियो ।

पीडितलाई थप पीडा दिने गरी मानसिक दवाब दिएर मिलापत्र गराई उनलाई काठमाडौं पठाउन लाग्दा कब्जामा राखेको ठाउँबाट राष्ट्रिय मानव अधिकार आयोगले उद्दार गरेको हो । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएको अवस्थामा कुटपिट तथा यौन दुव्र्यबहारमा परेकी महिला र उनकी छोरीलाई आयोगले आइतबार बेलुका कब्जामा राखिएको ठाउँबाट उद्दार गरेको हो ।

घटना सार्वजनिक भएलगत्तै मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको पाएपछि दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको अन्तर पार्टी महिला सञ्जालकी सदस्य संगीता राईको डेराबाट उनलाई उद्दार गरिएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख झंकरबहादुर रावलले बताउनुभयो । गत बिहिबार मिलापत्र गराएर राजधानी पठाउन लागेको जानकारी पाएपछि महिला प्रहरीको साथ लिएर उद्दार गरिएको आयोगले जनाएको छ ।

उद्दार गरिएकी आमाछोरीलाई प्रहरीको संरक्षणमा राखेर अनुसन्धान गर्दै सत्यतथ्य पत्ता लगाउन दिर्नेशन दिइएको रावलले जनाएका छन् । ‘संरक्षणमा राखेर अनुसन्धान गर्न आयोगको निर्देशन छ ।’ उनले भने, ‘पीडितले न्याय नपाएको सुनिएको छ, यर्थात कुरा अनुसन्धानले ल्याउने छ ।’

महिलाको उद्दारका लागि आयोगका प्रमुख रावल, लोकनाथ घिमिरे, लालबहादुर राई लगायतको टोली गएको थियो । यस्तै, प्रहरीकबाट महिला प्रहरी सहित प्रहरी निरीक्षक सरोज राई पीडितलाई राखिएको ठाउँमा पुगेका थिए ।

होटल सञ्चालकमध्येका हरिप्रसाद आचार्य र कविराज रिजालले कुटपिट गरेको र यौनदुव्र्यबहार गरेको आरोप लगाउँदै पीडित महिलाले गत मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा घा जाँज केश फारमका लागि निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो । घरेलु हिंसामा परेर घरबाट निकालिएकी आमाछोरीमाथि गत वैसाख–१४ गते कुटपिट र दुव्र्यबहार भएको महिला अधिकारकर्मीहरुले बताएका छन् ।

कुटपिट तथा यौन दुव्र्यबहारका घटनालाई बिहिबार जबरजस्ती मिलाइएको र घटनालाई ढकाछोप गर्ने खेल भएको पर्दाफास भएपछि आयोगले उद्दार गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो । पीडकपक्षको दबाबमा मिलापत्र भएपछि पीडित महिलाले बयानसमेत फेरेका छन् ।

दुव्र्यबहारपछि होटलबाट महिला अधिकारकर्मीले उद्दार गरेका महिलाले पछिल्लो समय बयान फेरेको बताइएको छ । दुव्र्यबहारको विषयमा जानकारी भएपछि वैसाख–१७ गते उनलाई महिला रक्षक सञ्जालकी अध्यक्ष पूर्णकला तामाङ, रेखा राई, निसाना राई, रश्मी रसाइली लगायतको सम्पर्कमा ल्याइएको थियो ।

उद्दार गरेर राखिएको केही दिनसम्म आफुमाथि दुव्र्यबहार भएको बताउँदै आएकी महिलाले त्यसपछि दुव्र्यबहार नभएको बताउन थालेकी एमाओवादी नेतृ दुर्गाजयन्ती राईले बताउनुभएको छ । घटना सार्वजनिक भएपछि पीडितलाई न्याय दिलाउन लागीपरिरहेकै समयमा प्रलोभनमा परेर ढाकछोपमा मिलाइएको अधिकारकर्मीको भनाइ छ ।

काठमाडौं माईती भएकी पीडित महिला २०६९ साल मंसिरमा विवाह गरेर दोर्पाचिउरीडाँडा आइपुगेकी हुन् । पतिले छाडेपछि र परिवारबाट निकालिएकी उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् ।

घरबाट विस्थापित भएपछि २०७१ साल वैशाख–६ गतेदेखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई गत माघ–२३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारकारुपमा लगिएको थियो । होटलमा काम सुरु गरेको महिना दिनदेखि नै आचार्यले यौन आशयले जिस्क्याउने, सम्बेदनशिल अङ्ग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको निबेदन पत्रमा उल्लेख छ ।

घा जाँच केश फारमकालागि पीडितले वैशाख–२१ गते प्रहरीलाई दिएको निवेदनमा रिजालले समेत संबेदनशिल अङग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र वैशाख–१४ गते यौनाङ्गमा टोकेर घाउ बनाइदिएको उल्लेख छ । होटलमा आएको ग्राहकको मोबाईल चोरेको आरोपमा वैशाख–११ गते राति कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न अवस्मथा बनाएको बताइएको छ ।

बालसेवाका पूर्व अध्यक्ष रहेका होटलका प्रबन्ध निर्देशक दिपनारायण रिजाल दबाबमा पीडित मिलापत्र गर्न बाध्य बनेको स्रोतले जनाएको छ । रिजालले सहमतीमा नआए पुराना कुराहरु निकालेर बेइज्जत गर्नेसम्मको धम्की आएपछि पीडितपछि हटेको जनाइएको छ ।

प्रबन्ध निर्देशक रिजाल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष दिलकुमारी राई, संगीता राई, सविता ढकाल, मनिषा राई लगायतको उपस्थितिमा मिलापत्र गराइएको थियो । मिलापत्रमा आपसमा दोषारोपण नगर्ने र कतै सार्वजनिक नगर्ने, कुनै निकायमा उजुरबाजुर नगर्ने, पीडितलाई स्थापित गर्न पहल गर्ने सहमती भएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment