पत्रकार तलब सरकारले तोक्यो

समाचार

एविसि खबर
काठमाडौँ, २६ वैशाख । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकेको छ । आगामी साउन १ गतेदेखि यो कार्यान्वयनमा आउने सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनद्वारा स्विजरल्यान्डको जेनेभामा आयोजित ‘वल्र्ड समिट अन इन्फरमेसन सोसाइटी’ सम्मेलनमा भाग लिएर फर्किएका मन्त्री राईले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पारिश्रमिकबारे मन्त्रिपरिषद्ले गरेका निणर्यप्रति मिडिया सञ्चालक (मिडिया उद्योगी) हरूले उठाएका टिका–टिप्पणीलाई सकारात्मकरूपमा लिएको र फेरि पनि सबै सञ्चार गृहहरूसँग छलफल गर्ने बताएका छ ।

यही वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय बनाउने निर्णय गरेको थियो । बैठकले न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको १४ हजार ४ सय, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको १४ हजार एकसय र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको १२ हजार ५ सय समेत निर्धारण गरेको थियो ।

Facebook Comments

Leave a Reply