मोटर साइकल दुर्घटनामा एकको मृत्यु

एविसि खबर
भक्तपुर, २६ वैशाख । आइतबार बिहान ३ बजे भक्तपुरको सूर्यविनायकमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट जिल्ला चोर्थे–९ का २८ वर्षीय युवराज श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर कन्ट्रोलका अनुसार तीनजना सवार बा२४प ४९९४ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब चार मिटर तल नालीमा खसेर दुर्घटना भएको प्रहरील जनाएको छ ।

मृतकको टाउकोमा गम्भीर चोट लागेकाले भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार २० वर्षीय अनिल राई र २१ वर्षीय विराज गुरुङको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment