रुखको हाँगाले पैदलयात्री ठहरै

एविसि खबर
मोरोङ, २६ बैशाख । विराटनगर–२० स्थित दरैयाबस्तीमा शनिबार रुखको हाँगाले लागेर बाटोमा हिँड्दै गरेकी एक एक पैदल यात्री महिलाको मृत्यु भएको छ । अपराह्न ४ बजेतिर स्थानीय सरोज ढकालले बाटो छेउ आफ्नै जग्गामा रहेको रुखको हाँगो काट्ने क्रममा पैदल हिँड्दै गरेकी सोही ठाउँ बस्ने ६० वर्षीया सुमित्रा ठकुरीलाई हाँगोले लागेको थियो ।

हाँगोले लागेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएकामा महिलाको राति नै उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment