गाइगोठ जल्दा छ लाख स्वाहा

एविसि खबर
मोरङ, २६ वैशाख । विराटनगर–५ स्थित निर्मल कार्कीको गाईगोठमा आइतबार बिहान आगलागी हुँदा ६ लाख बराबर सामाग्री जलेर स्वाहा भएको छ । बिहान करिब ३ बजेतिर कार्कीको गोठमा अचानक आगलागी भएको थियो ।

आगलागीबाट कार्कीको गोठमा रहेका चारवटा गाई, तीनवटा बाच्छी, एउटा बाच्छो जलेर मरेका छन् । आगलागीबाट कार्कीको टिनले बनेको गोठ तथा चौपाया जल्दा अन्दाजी छ लाख बराबर रुपैयाँको क्षति भएको पीडितले बताएका छन् ।

आगलागी पछि स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment