युवा गैर सरकारी संस्थामा नारायण गिरी

समाज

एविसि खबर
काठमाडौं, २६ बैशाख । ‘समृद्धिका लागि युवा नेतृत्व’ भन्ने मुल नाराका साथ युवा गैर सरकारी संस्था महासंघको तेस्रो राष्टिय महाअधिवेशनले काठमाडौमा शनिवार सम्पन्न भएको छ । महाधिवेशनले नारायण गिरीको नेतृत्वमा केन्द्रीय कार्य समितिको चयन गरेको छ ।

शनिबार भएको निर्वाचनमा नारायण गिरीले महेन्द्र थापा र प्रमोद घिमिरेलाई अध्यक्ष पदमा पराजित गरेका हुन । सो महासंघको खुल्ला तर्फका उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, समावेसी उपाध्यक्षमा रमेश काउछा र महिला उपाध्यक्षमा भावना शाही निविरोध निर्वाचित भएका छन् । महासचिवमा सन्दिप राई, कोषाध्यक्षमा प्रदिप आर्चायलाई महाधिवेशनले निर्वाचित गरेको छ । त्यसैगरी सचिव तथा प्रदेश ईंन्चाजमा प्रदेश १ मा सुजन बराल, २ मा केशव घिमिरे ३ मा विश्व केसी,४ अमृत देवकोटा,५ अरुण पन्थी ६ मा टोमा लामा र ७ मा सुरेश पन्त निर्वाचित ग¥यो । प्रत्येक प्रदेशबाट १÷१ जना खुल्लाबाट ५ समावेशी तर्फ ४ गरी गरी २४ जना निर्वाचित हुन भएको छ ।

महाधिवेशनमा ७३ जिल्लाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उदघाटन एमाले पोलिटब्युरो सदस्य तथा सासद डा बंशिधर मिश्र र एमाओवादी सासद महेन्द्र शाहीले सयुक्त रुपमा गरेका थिए । नेताहरुले उदघाटन कार्यक्रमलाई सम्बोधन गदै युवालाई नीतिगत रुपमा नै समेटनु पर्ने धारणा राखेका थिए ।

Facebook Comments

Leave a Reply