भोजपुर आइडलमा १८ जना भोटिङ राउण्डमा

विवेक राई
भोजपुर २६ वैशाख । कटुञ्जे युवा क्लवको आयोजनामा सञ्चिालित चौथो पुर्वाञ्चल व्यापी भोजपुर आइडल गायन प्रतियोगीताको तेश्रो चरणको छनौट सम्पन्न भएको छ । प्रतियोगीता बहुध्येशीय कला केन्द्र मा शनिबार साझ सम्म गरेर सम्पन्न भएको हो । तेश्रो चरणमा सहभागी २० मध्ये बाट १८ जनाले भोटिङ राउण्डमा प्रवेश पाएका छन् । भोजपुर खोटाङ सुनसरी संखुवा सभा का कलाकारहरुको सहभागीता रहेको प्रतियोगीतको निर्णयक भुमीका गायक कुमार तामाङ हिरण राई र नविन राईले गरेका थिए ।

सेमीफाइनल भदौको अन्तिम र फाइनल माघमा सम्पन्न गरिने आयोजक कटुञ्जे युवा क्लवका अध्यक्ष बाजेन्द्र किरातिले बताएका छन् । कार्यक्रम सस्तो मनोरञ्जनका लागि नभएर स्थानीय प्रतिभालाई मुलधारमा पु¥याउने कोशिस गर्ने उध्येश्यले आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment