६ वर्षमा २५५ जनालाई कारबाहीमा

एविसि खबर

चितवन, २५ वैशाख । दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करमा संलग्न सहित विभिन्न किसिमको वन्यजन्तु अपराधमा चितवन राष्ट्रिय निकुञ्जले २५५ जनालाई कार्यबाही गरेको जनाएको छ । गएको छ वर्षको अन्तरालमा वन्यजन्तु अपराधमा संलग्न २५५ जनालाई कारबाही गरेको हो ।

प्राय सबैभन्दा बढी एकसिँगे गैडा तस्करलाई कारबाहीको दायरामा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको निकुञ्जले जनाएको छ । यसबीचमा बाइस वटा गैँडाको खाग बिक्री व्यवसायमा संलग्न व्यक्ति चितवन कोराकका ३१ राजकुमार प्रजालाई कानुनी दायरामा ल्याएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

उनी नै अहिलेसम्मको सबैभन्दा ठूलो अपराधी रहेको देखिएको निकुञ्जले जनाएको छ । त्यसपछि भने अपराधका घटना बन्द भएको र लगातार ७०० दिनभन्दा बढी निकुञ्जमा शून्य चोरी सिकार हुनु महत्वपूर्ण हो । प्रजाले आफूले २० वटा गैँडा मारेर खाग बेचेको, दुई वटा अरुले नै मारेको गैँडाको खाग बेचेको र पाँच वटा गैँडालाई मार्ने प्रयास गरी घाइते बनाएको यसअघि नै स्वीकार गरेका छन् । अशिक्षाका कारण आफू गैँडा मार्नमा सक्रिए भएको उनको भनाइ उद्धृत गर्दै निकुञ्जले जनाएको छ । उनलाई इन्टरपोलको माध्यामबाट मलेसियामा पक्राउ गरी ल्याइएको थियो । देशको विषम परिस्थितिको समयमा एकै वर्ष ३७ वटासम्म गैँडा मारिएको तथ्याङ्क जानकारी दिँदै अर्यालले अहिले भने लगातार दुई वर्षसम्म शून्य चोरी सिकार मनाउन सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment