गीत संगीतले जीवन चलाउने सन्तोष

माक्पाली कान्छा
काठमाडौं, २३ बैशाख । अगाडि हार्मोनियमको पर्दामा हात नचाइरहेका गायक तथा संगीतकार सन्तोष दुमी गाउनकै लागि जन्मिएका हुन कि जस्तो गरेर आफ्नो स्वरलाई साधनामा निखारेका युवा गायक हुन् । उनले संगीतको क्षेत्रमा आएका विभिन्न आयामहरुलाई झेलेका छन् भोगेका छन् । अहिले प्राय स्टेजमा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै आएका उनले आफ्नो संगीतको यात्रामा निकैको संगत गरेका छन् । उनले गायकीको माध्यामबाट देश विदेश घुम्ने अवसर त प्राप्त गरे नै उनको जीवन पनि संगीतले नै चलाएका छन् ।

आफ्नो रचना संगीत तथा गायनमा उनले गरेको एल्वमको संख्या नै हिसाब गर्ने हो भने चारवटा पुगीसकेको छ । उनले पहिलो पटक प्रस्तुत् गरेको बालगीतहरुको संग्रहित एल्वम नै पहिलो र बजारमा माथ गर्ने चेतनामुलक गीति संग्रह रहेको छ । जुन गीती एल्वममा सोलो संगीत दिएका उनको पहिलो एल्वम भने ‘ज्यान माया’ रहेको छ ।

गीत संगीतमा आएका उनी गेयको माध्यामबाट बजारमा विस्तारै उकालो लागेका उनले यसपछिका संगीत र गीतलाई कर्मको रुपमा विकास गर्दै थुप्रै चर्चीत गीतहरु गाएका छन् भने उतिकै संख्यामा संगीत समेत भरेका छन् । प्राय गुनगुनाउँदै रहने उनको क्रियाशिलता नेपाली संगीतको क्षेत्रमा पृथक रहेको छ । लोक, आधुनिक, विभिन्न आञ्चलिक गीतहरु बजारमा ल्याउने गरेका उनी विशेष गरेर गजल तथा आधुनिक गीतमा रम्ने गरेको बताउँछन् । उनी हरेक कार्यक्रममा नेपाली सुगम संगीतको विषयमा गम्भिरता पुर्वक उभिने गरेको बताउँदै पश्चिमा संगीतले नेपाली मुल संगीतमा गरेको आक्रमणको विरुद्व प्रत्याक्रमण गर्नु पर्ने विचार राख्छन् । उनले नेपाली पहिचानको संगीत गाउँघरमै रहेको भन्दै विभिन्न आञ्चलिक गीतहरु सिर्जना गरेका उनले लोप हुन लागेको सस्कृतिको संरक्षणमा समेत संगीतको भुमिका महत्वपुर्ण रहेको उनको भनाइ रहेको छ । उनले ल्याएका ‘पथ्थरहरु’ एल्वममा उनले ‘साल्पै राजा’ बोलको गीतमा हराउन लागेको ठेटभाकालाई उठाएका छन् ।

विभिन्न भाषाभाषीको गीतहरुको संगीतमा व्यस्त बनेका उनले बजारमा निकै चर्चामा रहेको ‘मैले के भुल गरेर’ गीतले उनलाई आफ्नो संगीतको बजारमा स्थापित गराएको थियो । एल्बम ‘बस्तिहरु’मा समाबेश गरिएको उक्त गीत दिवाकर खनालले लेखेका थिए  । गजल पढन्मा माहिर मानिएका सन्तोषको पहिछल्लो समयमा आफ्नै शब्द तथा संगीतमा  तयार पारेका गजल ‘धक धक मन भएर आयो बनेर आयो, छुटेको वर्षौ पछि त्यो मन फर्केर आयो’ स्टेजमा धेरै रुचाइएको गजलका रुपमा रहेको छ ।

प्राय स्टेजहरुमा एक पटक गाएपछि पटक–पटक दोहो¥याउन बाध्य हुने गरेको उनले सुनाए । ‘मेरो पछिल्लो समयमा निकै रुचाईएको यो गजलले मलाई पनि राम्रै अवसरहरु दिलाएको छ ।’ सांगीतिक प्रस्तुतीकै लागि देशका विभिन्न शहर तथा गाउँहरुमा पुगेका उनले विदेशमा समेत दर्शक तथा श्रोताहरुको सम्मान भ्याइसकेका छन् । उनले भने,‘ दर्शक तथा श्रोताहरु भनेको कलाकारको निम्ति भगवान भन्दा ठुलो हुन्छन् । त्यसैले उहाँहरुको सम्मानका लागी नै भएपनि बोलाएको ठाउँमा पुग्ने गरेको छु ।’

आफुलाई गाउँबाट उठाएर शहरको कुना कुनामा पु¥याउन प्रयत्नरत उनले देशभक्तिका गीतहरुको अलवा जनचेतनाका गीतहरु समेत प्रशस्तै गायका छन् । उनको सिर्जनाको मुलबाटो भन्नु नै समय परिवेश र वातावरण रहेको उनले बताए । हाल गजल संग्रहको तयारीमा रहेका उनले ०७३ भित्रै एल्वम बजारमा ल्याउन लागेको पनि जानकारी दिएका छन् ।
सौर्य दैनिकबाट

Facebook Comments

सम्बन्धित

Leave a Comment