‘त्यो छुट्ने दिन’ले बनाएको गायक रवीन्द्र (भिडियो सहित)

कला

माक्पाली कान्छा

काठमाडौं, २१ बैशाख । गाउँले परिवेश, पहाडी चालचलन र रहन सहनबीच हुर्केका रहरे यूवा रविन्द्र राईको सपना स्थापित बन्ने रहेको थियो । उनले संगीतलाई आफ्नो अभिष्ट सम्झेर निरन्तर साधनामा रहे । साधना गर्दै गर्दै आएका उनले परिश्रमको फल चाख्न पनि समय कुनै प¥यो । फलस्वरुप हालै मात्र एउटा गीत गाउन सफल भए ‘त्यो छुट्ने दिन’ ।

भनाइनै छ ‘मिहनेतको कमाई राम्रै हुन्छ’ भयो पनि त्यस्तै उनको त्यही गीतले अहिले निकै चर्चाको शिखरमा छन् रविन । उनले गायकीले एउटै गीतबाट आफ्नो सुन्दर भविष्यको ढोका खोलेका छन् । भोजपुरमा जन्मिएका उनी नेपाली संगीत क्षेत्रका नवगायक हुन् परिचयका हिसावमा तर स्वर साधनाका हिसाबमा उनी निकै अब्बल देखिएका छन् ।

उनको पहिलो एल्बम ‘सम्भावना’ बजारमा आउने तयारीमा छ । यतिखेर खासगरी उक्त एल्बमको ‘त्यो छुट्ने दिन..’बोलको गीतले बजार तताइरहेको छ । अनुप जोशीको शब्द, आनन्द राईको संगीत रहेको उक्त गीतमा रवीन्द्र राईले स्वर दिएका छन् भने गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ, जसमा सुरजसिंह ठकुरी र बेनिसा हमालको अभिनय रहेको छ । उनले यो गीतकालागि करिब ५ वर्षको निरन्तर साधनाको उपज हो भनेका छन् । पहिलो एल्बम निकाल्ने तयारीमा रहेका उनले गाएको आधुनिक गीतले राम्रो बजार पाएको खुशी रहेको पनि बताएका छन् । आउन लागेको एल्वममा अन्य गीतहरु जसले भने लोकसंस्कृति झल्काउने खालका राख्ने योजना बनाएको उनले जानकारी दिए । उनले भने‘ मेरो एल्वममा लोक संस्कृति झल्कने खालका गीतहरु पनि राख्ने सोचमा छु । यसमा चारवटा गीतहरु रहन्छन् । यसमा दुईवटा फिक्स भइसकेको छ । आनन्द अधिकारीको शब्द, आनन्द राईकै संगीत छ । अरु गीतमा पनि आनन्द राईकै कम्पोज रहनेछ ।’

सानैदेखि म्युजिक ट्रयाकमा गाउँदै आएको बताउने उनले पुर्वको इटहरीमा शास्त्रीय संगीतको प्रारम्भ गरेको बताए । हाल काठमाडौंको बागबजारमा रहेको मूच्र्छना संगीत कलामा डेढ वर्ष देखि निरन्तर शास्त्रीय संगीतको साधना गरिरहेको उनले सुनाए । संगीतको बारेमा नजानी नबुझी गाउँदा आफूले आफैँलाई भयंकरै गाइन्छ जस्तो लाग्ने गरेको बताउने उनले जब सिक्दै गए अनि बल्ल संगीत बुझेको बताउँछन् । उनले भने, ‘कहाँ सजिलो रहेछ र संगीत ? यस्तो होइन रहेछ, नी पछि पो आफूले केही पनि जानेको रहेनछु भन्ने हुँदो रहेछ ।’

मान्छे जस्तै सोचहरु फरक फरक हुने भन्दै आफ्नो सोच गायन मै जम्ने रहेको उनले सुनाए । ‘अरु–अरु काम पनि गरिएला, गर्नु पनि पर्ला तर संगीत नै चटक्कै छोडेर गर्दिनँ । मसँग त्यस्तो ठूलो महत्वाकांक्षा छैन । महल नै बनाऊँ, विलासी जीवन बिताउँजस्तो लाग्दैन । संगीतलाई निरन्तरता दिइराख्ने हो, त्यस्तो ठूलो पूरा नहुने अपेक्षा मैले गरेको छैन ।’ उनले भने ।

उनले आफ्नो प्रतिवद्वता रको सुनाउँदै भने, ‘संगीतको सरोवर तर्न जाने सजिलै तरिने भन्दै उनले नजाने डुबेरपनि मर्न के बेर लाग्छ र ? तर म मा आँट साहाष छ । मेरा दर्शक तथा श्रोताहरुको मन छुने गीत तथा संगीतको खेतिगर्न म कसरी छाँडौला र ?’

सौर्य दैनिकबाट

भिडियो हेर्न तल जानुहोस

Facebook Comments

Leave a Reply