सम्झनामा पारिजात

अरुणिमा

संघर्ष सँग कहिले पनि नडराएका र नथाकेका पारिजात (जसको न्वरानको नाम विश्णु कुमारी वाइवा थियो)को जन्म विक्रम सम्बत १९९४ साल बैशाखमा दार्जिलिङ्मा भएको थियो । नेपाली मुलकी उनले नेपाललाइ नै कर्मथलो बनाएर आफ्नो सम्पूर्ण जीवन नेपाली साहित्य र समाजलाई समर्पण गरिन । उनको पारिजातका कविताहरु, बैँसालु वर्तमान लगायतका कविता संग्रहहरु, आदिम देश, सडक र प्रतिभा, शाल्गिको बलात्कृत आँसु, बधशाला, जाँदाआँउदा लागायतका कथासंग्र्रहरु बोनि, अनिँदो पहाडसँगै , सिरिषको फुल, महत्ताहिन लगायतका उपन्यासहरु र तोरिबारी बाटा र सपनाहरु, धुपी सल्ला र लालिगुँरास जस्ता संस्मरण र निबन्ध संग्र्रहरु प्रकाशित छन । उनी साहित्यलाइ यसो भन्थिन् “साहित्य एउटा शक्तिशाली हतियार हो जुन बन्दुक र बम भन्दा पनि बढी विस्फोटक हुन्छ । यो चेतना र जागरणको आलोक हो र यसले सामाज जो वास्तबिकतालाइ प्रस्तुत गरि नागरिकलाइ चेतना प्रदान गर्दछ र सुधारतर्फ अभिप्रेरित गर्दछ ।’’ २०१३ सालतिरबाट औपचारिक रुपले साहित्यक्षेत्रमा प्रबेश गरेकी पारिजात साहित्य संगसंगै

राजनीतिक, सामाजिक, साँस्कृतिक रुपान्तरणमा समेत दत्तचित्त भएर लागिन् । राल्फा आन्दोलन देखि प्रगतिशिल लेखक संघको स्थापनामा र इसासमा सकृयाता आदि त्यसको नमुना उदाहरण हुन ।

तर राज्यको उनको प्रगतिशिल कृतिहरु विद्यालय एवं क्याम्पस स्तरमा बिद्यार्थिहरुलाइ पढ्ने अवसर नदिने कुत्सित कार्य निन्दनिय छ । यो बिडम्बना छ कि उनका चेतना र जागरणको उभार ल्याउने सिर्जनाहरु जस्तो बोनि, अनिदो पहाडसँगै, जुठी दमिनी, लागायतका सिर्जनाहरु न कि सिरिषको फूल, मैले नजन्माएको छोरो, ओझेलमा पारिएका छन ।

यसरी नेपाली साहित्य, सामज , राजनीतिमा अतुलनीय योगदान पु¥याएका तिनै प्रगतिवादि हस्ताक्षर पारिजातको जन्म जयन्तिको अवसरमा पारिजात स्मृति केन्द्रले २०५१ सालमा प्रकाशन गरेको “पारिजात स्मृती ग्रन्थ“ भित्रबाट प्रगतीबादी कवि पुर्ण बिराम र प्रगतिबादी साहित्यकार स्वर्गीय रुद्र खरेलको यी लेखहरु जस्ताको तस्तै साभार गरि यहाँ राखेका छौँ ।

सम्पादक
एविसिखबर

http://abckhabar.com

http://abckhabar.com

Facebook Comments

Leave a Reply