गजल

 –लोक लामा

हो आफ्नो स्वाभिमान ढाल्न दिनु हुन्न
बेइमानिहरुलाई चाल चाल्न दिनु हुन्न

अर्को रोम र निरो साबित गर्लान यहाँ
कसले झोस्यो आगो अब बाल्न दिनु हुन्न ।

गरुढ रुपि परोपकारिको के अर्थ र यहाँ  ! ?
जान्दा जान्दै बिशालु हात हाल्न दिनु हुन्न ।

भुमी हाम्रो  नरहे अरु के नै रहन्छ र ! ?
जोगाअौ शिर आमाको ढाल्न दिनु हुन्न ।

Facebook Comments

सम्बन्धित

Leave a Comment