दुङ्मेनलाई संगीत सेवा सम्मान

एविसि खबर
काठमाडौं, १६ बैशाख । गोधुंली साहित्यिक प्रतिष्ठानले यस वर्षको संगीत सेवा सम्मान गीतकार तथा संगीतकार अर्जुन दुङ्मेनलाई दिने घोषणा गरेको छ । दुङमेनलाई भद्र–गोधुंली संगीत सेवा सम्मान प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष प्रदान गरीने यो सम्मान यस वर्ष कलाकार समन्वय संघ नेपालका अध्यक्ष समेत रहेका कलाकार दुङ्मेनलाई दिने प्रतिष्ठनले जनाएको छ ।

त्यस्तै यसै वर्षको ओली–भद्र आदर्श नारी पुरस्कार आदर्श नारी किरण घलेलाई प्रदान गरिने भएको छ । भद्र–गोधुंली साहित्य सेवा सम्मानबाट साहित्यकार उन्नती बोहरा ‘शीला’, सम्मान गरिने छ । त्यस्तै भद्र–गोधुंली पत्रकारिता सेवा सम्मान पत्रकार रमेश कुमार भुसाल, भद्र–गोधुंली समाजसेवा सम्मान समाजसेवी गोपाल बराल, तुल–गोधुंली श्रमजीवि सेवा सम्मान रामचन्द्र बलामी तथा सुन्दरमाया–गोधुंली श्रमजीवि सेवा सम्मान, समाजसेवी इन्दिरा सापकोटालाई प्रदान गरिदै छ ।

उक्त पुरस्कार तथा सम्मान आगामि वैशाख १८ गते शनिवारका दिन भद्रकुमारी घले सेवा सदनको सभाहलबाट प्रदान गरिने छ । समाजसेवी सुश्री भद्रकुमारी घलेद्धारा अक्षयकोषका लागि प्रदान गरीएको १ लाख र समाजसेवी राम बहादुर तामाङद्धारा स्थापना गरीएको १ लाखको अक्षयकोषबाट पुरस्कार तथा सम्मानको स्थापना भएको हो । नयाँ वर्षको अवसर पारी पुरस्कार तथा सम्मान वितरण गरिदै आएको संस्थाका अध्यक्ष प्रकाश समीरले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment