कविता : ‘चाँदनी हराएको त्यो रात’

कविता

  • सुमित्रा थुलुङ ‘अश्रुधारा’

उनले भनिन् दिज्यु
मैले खोज्दैछु चाँदनी
त्यो पनि मध्य दिनमा
नजवाफ बनिरहेँ म
उफ कति दर्दमय खोजाइ
उनलाई शितल दिने चाँदनी
अब भेटन सकिन्न
माटो संगै बिलाइ सकेकी छिन

शब्दको सान्त्वना तेर्साउदै भने
दिदीको माया लाग्दैन नानू ?
उनले टोलाउँदै भनि फेरि
“जुनको खोजिमा छु म“
त्यसो त भन्नू मन थियो
नानू तिम्रो चादनी तिमी भन्दा धेरै टाढा छ
जसलाई तिमी अनुभव मात्र गर्नेछौ
तर म संग आवाज थिएन
खास आँशुहरुको लेखाजोखा
सुन्दर गुलाबहरु संग भइदिए
हजारौ आशुहरुको दह
निर्माण गर्थे म बगैचामा
अनि देखाउथे मेरी नानुलाई
हरेक पुर्णिमामा त्यही भित्र चादनी

मुटुको घाउ त्यो दुखाइ
एउटा मुस्कानले किन्न मिल्ने भए
करोडौ मुस्कान किनिदिन्थे
अनि हसाउथे मेरो नानुलाई
त्यो चादनी हराएको रात

-काठमाडौं

Facebook Comments

Leave a Reply