पूर्ण समानुपातिक स्वबियु निर्वाचनको माग

एविसि खबर
काठमाडौं । किरात राई विद्यार्थी संघ लगायतका ७ वटा संगठनले स्वतन्त्त विद्यार्थी युनियन (स्वबियु)को निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अधारमा तुरुन्त मिति तोक्न माग गर्दै त्रिभुवान विश्वविद्यलय केन्द्रीय कार्यालय किर्तिपुरमा बुधबार ज्ञापन पत्र बुझाएका छन् । वश्वविद्यालयका उपकुलपति तिर्थ खनियालाई ७ वटा विद्यर्थी संगठनको संयुक्त र किरात राई विद्यार्थी संघको एकल गरी दुई वटा ज्ञापनपत्र बुझाएका हुन् ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा तुरुन्त निर्वाचनको मिति तोक्नु पर्ने, त्रिबि सभामा आदिवासी विद्यार्थीलाई संस्थागत प्रतिनिधित्व गराउनु पर्ने, कर्मचारी नियुक्तिमा जातीय जनसंख्याको आधारमा समानुपातिक ब्यबस्था मिलाउनु पर्ने, त्रिबि प्रशासनलाई संघीय ढाचामा लानुपर्ने, छात्रबृत्तिमा जातीय क्षेत्रीय सन्तुलन मिलाउनु पर्ने, स्वबियु निर्वाचन अघि फर्जी विद्यार्थी भर्ना प्रकृयाको अन्त्य गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा माग पुरा नभए शसक्त प्रतिरोग धर्ने भनिएको छ भने अध्यक्ष अर्जुन जम्नेली राईद्वारा हस्ताक्षरित किरात राई विद्यार्थी संघको ज्ञापन पत्रमा बहिस्कार गर्ने उल्लेख छ । ज्ञापनपत्र बुझने क्रममा उपकुलपति खनियाले स्वबियु बारे हुने छलफलमा विद्यार्थी प्रतिनिधि सहभागि गराउने आश्वासन दिएका छन् ।

संयुक्त विज्ञप्तिमा किरात राई विद्यार्थी संघ, किरात याक्खा विद्यार्थी संघ, लिम्बू विद्यार्थी मञ्च, तमू (गुरुङ) विद्यार्थी छोंज धी, नेपाल थामी विद्यार्थी संघ, सुनुवार विद्यार्थी समाज र धिमाल विद्यार्थी मञ्चका नेताहरुले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । बैशाख ११ गते किरात राई विद्यार्थी संघको कार्यालयमा बैठक बसेर त्रिवि केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment