राइको छोरा भए सशस्त्र प्रहरी प्रमुख

समाचार, समाज

एविसि खबर
काठमाडौं, १५ वैशाख । किरात राईहरुको इतिहाँसमा पहिलो पल्ट माझकिरातमा जन्मेका राईको छोराले प्रहरीको उच्च ओहोदा सम्माहाल्ने अवसर पाएका छन् । २०१८ मंसिर १ गते भोजपुरको दिल्पा कात्तिके नागी–४ मा जन्मेका दुर्जकुमार राईलाई नेपाल सरकारले मंगलबार सशस्त्र प्रहरी बलको महानिरिक्षक पदमा नियुक्ती गरेको छ ।

राई समुदायबाट पहिलो पटक सुरक्षा अंगमा प्रमुख बन्ने अवसर उनै दुर्जकुमार राईले पाएका छन् । उनी २०४३ फागुन ३ गते नोपल प्रहरीमा भर्ना भएका व्यक्तिहुन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राईलाई महानिरीक्षक (आईजीपी) बनाएको हो । राई यसअघि कायममुकायम महानिरीक्षक थिए ।

अनियमितता गरी अकुत सम्पत्ति कमाएको भन्दै तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षक बनाएको थियो ।

एम.ए. सम्मको अध्ययन गरेका राई, रणबहादुर राई र धनदिपा राईको कोखमा जन्मेका थिए । हाल काठमाडौंको कुलश्वरमा बस्दै आएका उनले प्रहरी अधिकृत विशेष तालिम, प्रहरी प्रशिक्षक कोर्ष, सामान्य प्रहरी प्रशासन, लागूऔषध नियन्त्रण, विशेष शस्त्र तथा युद्धकला लगायत स्वदेश तथा विदेशमा गरी विभिन्न १५ वटा व्यावसायीक तालिम हासिल गर्नुभएको । यी मध्ये पाँच वटा तालिमहरु युएसए, बंगलादेश, भारत र चीनमा गरिसकेका छन् ।

यसको अतिरिक्त युएन मिसन डार्फर – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह, युएन मिसन हाइटी– कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह, कम्बोडिया मिसन – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह, गरिसेकेका छन् ।

उनले राज्य तथा अन्य तहबाट विभिन्न पदक तथा पुरस्कारहरु समेत प्राप्त गरि सकेका छन् । उनले सुप्रबल जनसेवा श्री (तृतीय), तेश्रो सार्क स्मृति, दुर्गम सेवा पदक लगायतका विभिन्न १४ वटा मान पदवी, अलंकार, पदकहरुबाट प्राप्त गरेका छन् । व्यावसायिक जिम्मेवारी निर्वाहकको क्रममा कार्यक्षेत्रमा उकृष्ट कार्य गरे वापत एक पटक तीन ग्रेड थप, अर्को एक पटक एक ग्रेड थप र दुई पटक नगद पुरस्कार प्राप्त गरिसकेका आइजिपि राईले विभिन्न प्रसंशा प्रत्रहरु समेत पाएसकेका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय प्रशासन विभाग, मानवश्रोत विकास विभाग, सीमा सुरक्षा विभाग लगायत सशस्त्र प्रहरी बलका बाहिनी, गण, तालिम केन्द्र भालुवाङ लगायतको कार्यालयहरुमा प्रमुख भई कार्य अनुभव रहेका राई भलिवलको अन्तराष्ट्रिय खेलाडी समेत हुन् ।

Facebook Comments

Leave a Reply