ठगी गर्ने पक्राउ

समाज

एविसि खबर
काठमाडौं १५ वैशाख । एउटै घरजग्गा विभिन्न व्यक्तिलाई देखाई बैना गरी ठगी गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक पेड्कु गाविस–९ का सागरकुमार भण्डारीलाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ ।

भण्डारीले ललितपुरका अशोकबहादुर मल्ललाई काठमाडौं गोठाटारको एकतले घरको मूल्य रु ६० लाख कायम गरी बैंनास्वरुप रु ३० लाख लिएकोमा बैना गर्ने व्यक्तिलाई उक्त घरजग्गा नदिई अन्य व्यक्तिलाई बिक्री गरी पीडितसँग सम्पर्कविहीन भएपछि महाशाखाको विषेश टोलीले काठमाडौँ सुन्धराबाट उनलाई पक्राउ गरेको हो । भण्डारीले काठमाडौँ नयाँ बानेश्वरका विक्रम महर्जनलाई समेत सोही घर दिन्छु भनि हार्डवयर पसलबाट रु २८ लाखको सामान लगि ठगी गरी सम्पर्कविहीन भएको अनुसन्धानबाट खुलुको प्रहरीले जनाएको छ ।

यसैगरी थाई एयरको उडानद्वारा बैंकक जान लागेका कम्बोडियन नागरिक फेकफूमारिन भोङलाई वन्यन्तुको दाह्राजस्तो देखिने वस्तु एक थानसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले मंगलबार नै पक्राउ गरेको छ ।

विमानस्थलको ‘ह्याण्ड ब्यागेज चेकिङ’ क्षेत्रमा एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाते झोलामा उक्त बस्तु फेला परेको प्रहरीले खुलाएको छ ।

Facebook Comments

Leave a Reply