डढेलो मार्न जाँदा आमा छोराको जलेर मृत्यु

एविसि खबर
सल्यान १५ वैशाख । घर नजिकै वनमा लागेको डढेलो मार्न गएको आमा छोराको जलेर मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका ११ व्हिल्चा आमा छोराको घटनास्थलमै मृत्यु भएको हो ।

घर नजिकैको वनमा लागेको आगो नियन्त्रणका क्रममा ४५ वर्षीया बालिका बस्नेत र उनका १२ वर्षीया छोरा नविनको निधन भएको स्थानीयले जानकारी दिएका छन् । मंगलबार बेलुका घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणमा गएका उनीहरुको ज्यान गएको स्थानीय तुफानबाबु गिरीले बताएका छन् । आगो नियन्त्रणका क्रममा आगोको धुवाका कारण बेहोस भएकाका उनीहरु जलेका थिए ।

व्हिल्चामा रहेको भैयादेवी सामुदायीक वनको १ सय ९८ हेक्टर क्षेत्रफलमा आगो लागेको र आगो नियन्त्रणका लागि स्थानीय क्रियाशील रहेको स्थानियबासी दशरथ थापाले बताएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment