पराजितको ‘लेप्मुहाङको डुङ्गा’ आयो

अरुणिमा

एविसि खबर
काठमाडौं, १४ बैशाख युवा कवि ओअराजित पोमुको ‘लेप्मुहाङको डुङ्गा’ गत शनिबार सार्बजानिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रतिश्ठानका सदस्य सचिव गणेश रसिक , कवि तथा प्राज्ञ श्रवण मुकारुङ , कवि आख्यानकार एबम चिन्तक आहुती र कवि तथा आख्यानकार उपेन्द्र सुब्बाले कृतिको विमोचन गरि सार्वजानिक गरेका हुन ।

lemउक्त बिमोचन कार्यक्रममा गणेश रसिक , श्रवण मुकारुङ , आहुती लगाएतले शुभकामना ब्यक्त गर्दै टिप्पनी समेत गरेका थिए भने कविहरु प्रकाश थाम्सुहाङ , चन्द्र रानोहँछा , छम गुरुङ , साङ्केन बान्तवा र सुनिता खनालले कृति भित्रका केही कविताहरु वाचन गरेका थिए ।

दक्षिण कोरियामा रोजगारि गर्दै आएका पोमुको उक्त कविता सङ्ग्रह बिमोचन कार्यक्रमको आयोजना अलग आर्ट हब ललितपुरले गरेको थियो ।

Facebook Comments

Leave a Reply