विजुली चोर्ने चौबिस जना पक्राउ

एविसि खबर
राजविराज, १४ वैशाख । विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने २४ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्तरुपमा जिल्लाभरि खटिएको अनुगमन टोलीले एकै दिन २४ जनालाई पक्राउ गरिएको नेपाल विद्युत् प्राधिकरण राजविराजका प्रमुख रामउदगार साहले बताए ।

पक्राउ परेकाहरूको साथबाट पानी ताने दुईवटा मोटर पनि बरामद गरिएको बताइएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरूविरुद्ध विद्युत् ऐनअनुसार कारबाही गरिने प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment