ग्यास कालोबजारी गर्ने पक्राउ

एविसि खबर

पोखरा, १३ वैशाख । कालो बजारी गरेर महँगोमा ग्यास बेचेको आरोपमा पोखोराका एकजना लाई प्रहरलिे पक्राउ गरेको छ । आफ्नो पसलमा लुकाइछिपाइ राखी बढी मूल्यमा ग्यास बिक्री गर्ने पोखरा–१० रामबजारका गोशली भाँडा पसल सञ्चालन गरेका पसल सञ्चालक अशोक गोशलीले प्हरीले पक्राउ गरेको हो ।

उनले प्रतिसिलिन्डर ग्यास चार हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले समातेको हो । उनको पसल खानतलासी गर्दा एनएल ग्यासका १६० सिलिन्डरसहित निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले निजलाई कालोबजारी ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment