पाँच लाख पाउण्ड चिठ्ठा परेको भन्दै ठग्ने पक्राउ

एविसि खबर
काठमाडौं, १३ वैशाख । तपाइँलाई पाँच लाख पाउण्डको चिट्ठा प¥यो भन्दै पोखराकी एक महिलालाई ठगी गरेको आरोपमा अशोकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । बेलायतको नम्बरबाट मोबायलमा पटक÷पटक एसएमएस गरेर उनले ती महिलालाई ठगी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले शुक्रबार राजधानीको सुकेधाराबाट पक्रेको जनाएको छ ।

थापाले पेप्सी मोबाइल चिट्ठा बेलायतबाट पाँच लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा बेलायतको नम्बरबाट पटक÷पटक एसएमएस र फोन गरी उक्त रकम नेपाल पठाउन र वकिल खर्च बापत केही शुल्क लाग्छ भनी रकम माग गरेका थिए । सो रकम नेपालस्थित आफ्नो एजेन्ट सूर्यज्योति इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबिआई बैंक, बौद्ध शाखाको खातामा रकम जम्मा गर्नु भनेका थिए । ती महिलाले पटक÷पटक गरी रु सात लाख २५ हजार आठ सो खातामा पठाएकामा खातावाल अभियुक्त थापाले सोही बैंकको बौद्ध शाखाबाट चेकमार्फत सो रकम निकालेको अनुसन्धानको क्रममा खुलेको छ ।

पक्राउ परेका थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई मुलुकी ऐन ठगीको महलअन्तर्गत अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ । कसुर प्रमाणित भएमा पीडितलाई बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment