नेपाली भूमीमा भारतीय पूलिस

एविसि खबर
डोटी, १३ वैशाख । निरीक्षकसहितको पाँच जना भारतीय प्रहरीको टोली नेपाली भूमिमा पक्राउ परेका छन् । भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका उनीहरुलाई सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो ।

‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो – ‘उनीहरूले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’ स्रोतका अनुसार उनीहरूसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।

उनीहरू वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ । उनीहरू निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन । यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले आफुकहाँ मान्छे नआइ पुगेको बताएका छन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment