आन्दोलनको घोषणा

राजनीति

एविसि खबर
काठमाडौं, १२  वैशाख ।
नेकपा माओवादी बिप्लबको केन्द्रीय सदस्य माइला लामा र उनी सङ्गै पर्टिका अन्य कार्यकर्ताहरुलाई कपनबाट गिरफ्तारी गरेको विरुद्धमा सो पार्टिले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौंको कपनमा भएको पार्टिको कार्यक्रममा गएकोबेला लामा लगाएतकालाई हिजो साँझ गिरफ्तार गरिएको हो । उनिहरुलाई बिनाकरण गिरफ्तार गरिएकोले बिना सर्त रिहाइ गरिनु पर्ने भन्दै पार्टिले आन्दोलनको घोषणा गरेको छ् ।
स्रोतका अनुसार आज साँझ ६ बजे मशाल जुलश प्रदशन गर्ने, भोलि बैशाख १३ गते उपत्यकामा विरोध प्रदर्शन गर्ने र बैशाख १४ गते देखि दोस्रो चरणको बिरोधको कार्यक्रम गर्ने तयारी  भाईरहेको छ।

सो बारे खबरडबली ड्ट कममा उल्लेख छ :- ‘देशमा लोकतन्त्र र जनताको सत्ता आएको साथै कम्युनिष्टहरुको सरकार भएको भनिएता मानि देश बदल्न खोज्ने राजनीतिक कर्मीलाई पञ्चायती शैलीमा गिरफ्तार गरि बेपत्ता बनाउने सरकारको निरंकुश रवैयाको भण्डाफोर गर्ने विप्लव माओवादीले जनाएको छ ।’

Facebook Comments

Leave a Reply