अस्वीकृत विचार साहित्य पुरस्कार र कविताराम बालसाहित्य प्रवर्धन सम्मान प्रदान

एविसि खबर
काठमाडौं, १२  वैशाख ।

प्रा.डा. कविताराम श्रेष्ठद्वारा आफ्नो लेखकस्वबाट स्थापित अस्वीकृत विचार साहित्य पुरस्कार र कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान सम्मान र कदर पत्र विभिन्न साहित्यकार, संघसंस्थाहरु र व्यक्तित्वहरुलाई हिजो एक समारोहबीच प्रदान गरिएको छ । विगत आठ वर्षदेखि वितरण हुन नसकेको ति पुरस्कार र सम्मानहरु हिजो वि. स. २०६६ देखि २०७३ सम्मका प्रतिभाहरुलाई पुरस्कृत र सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले खादा ओढाएर ताम्रपत्र र नगद रकम हस्तान्तरण गरी विभिन्न प्रतिभाहरुलाई पुरस्कृत र सम्मानित गर्नुभएको हो ।

अस्वीकृत विचार साहित्य पुरस्कार गुठीका अध्यक्ष श्री नगेन्द्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक प्रा।डा। कविताराम श्रेष्ठ बालमञ्च नेपालका अध्यक्ष श्री नवराज अधिकारीले समेत दोसल्ला ओढाएर प्रतिभाहरुलाई सम्मान गर्नुभएको थियो । साथै उक्त समारोहमा कविताराम श्रेष्ठका पिताजीको नाममा स्थापित नन्द दलित तथा जनजाति छात्रवृत्तिका लागि ओखलढंगास्थित विद्योदय बहमुखी सहकारी लि. का अध्यक्ष श्री भीमप्रसाद श्रेष्ठलाई रु. ८० हजारको चेक पनि हस्तान्तरण गरिएको थियो । श्रेस्ठ्ले यस् अगाढी नै रु बिस हजार रकमको छात्रवृत्ति कोश स्थापना गरिसक्नु भएको थियो । अब उक्त कोष १ लाखको भएको संस्थापक श्रेष्ठले जानकारी गराउनुभएको छ ।

घन्ट बजाएर उद्घाटन गरिएको उक्त कार्यक्रममा अस्वीकृत विचार साहित्य पुरस्कार प्राप्त गर्ने लेखकहरुलाई नगद रु। १२ हजार र कविताराम बालसाहित्य प्रवर्धन सम्मानबाट सम्मानित बालसाहित्य सर्जकहरुलाई नगद रु. ५ हजारसहित ३७ जना लेखकहरुलाई पुरस्कृत र सम्मानित गरिएको थियो ।

अस्वीकृत विचार साहित्य सम्मान २०६६ श्री श्याम तमोटलाई प्रदान गरिएअको थियो भने श्री बमबहादुर थापा जिताली, श्री पदम सुन्दास ,श्री दुर्गालाल श्रेष्ठ, श्री केदार शाक्यलाई क्रमसस् २०६७ , २०६८ , २०६९ र २०७२ सालको सो सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै गरी जनआन्दोलनताका कबिता मार्फत विशेष योगदान दिने कवि श्री मणि काफ्लेलाई अस्वीकृत तारा उपाधि २०७२ प्रदान गरिएको थियो ।

अवधी भाषा साहित्यको विकासमा योगदानदिनु भएका श्री विक्रममणि त्रिपाठीलाई २०६७ , थारु भाषा साहित्यको विकासमा योगदान दिनु भएका श्री कृष्णराज सर्वहारीलाई २०६८, मैथिली भाषा साहित्यको विकासमा योगदान पुर्‍याउनु भएका श्री गोपाल ठाकुरलाई २०६९, नेपाल भाषा साहित्यको विकासमा योगदान दिनु भएका श्री सुरेश किरणलाई , ०७० भयवाद सिद्धान्तको प्रतिपादन र नेपाली साहित्यको विश्वव्यापीकरण लागि गर्न बिशेष योगदान पुर्‍याएका श्री देश सुब्बालाई ०७१ (हङकङ) र डायस्पोरामा नेपाली साहित्यको विकासमा योगदान पुर्‍याउनु भएका श्री रक्ष राईलाई २०७२ (बेलायत) र श्री चन्द्र गुरुङलाई २०७३ (बहराइन) जनही नगद रु. १२ हजारसहित अस्वीकृत विचार साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तैगरी कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमञ्चले निम्न ब्याक्तिहरुलाई सम्मान प्रदान गरेको थियो (श्री परशु प्रधान, ०६६ श्रीमती कल्पना प्रधान, ०६७ , श्री के। के। कर्माचार्य, ०६८,श्री वासुदेव मुनाल, ०६९ श्री ,विजय चालिसे, ०७०, श्री कृष्णप्रसाद दुवाल, ०७१, श्री तेजप्रकाश श्रेष्ठ, ०७२, श्री ध्रुव घिमिरे, ०७३ । साथै श्री जगत् सुन्दर बोने गुठी, ०६६, श्री महाङ्काल मावि, ०६७, श्री रातो बङ्गला किताब, ०६८ श्री एकता , प्रकाशन, ०६९ ऐरावती ,प्रकाशन, ०७० ९निर्देशक श्री रामदेव पाण्डे० श्री , बालोद्यान बालपत्रिका, पनौती, काभ्रे, ०७१ ९सम्पादक प्रकाशक श्री सूर्यप्रसाद लाकोजू० श्री ,इलोहँ पत्रिका, ०७२ ९सम्पादक निर्देशक श्री नरेशवीर शाक्य० र श्री अक्षयज्ञान बालपत्रिका, ०७३ ९सम्पादक श्री शेखुशङ्कर कोइरालालाई कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमञ्च नेपालबाट बालसाहिश्री कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमञ्च कदर पत्र प्रदान गरिएको थियो । त्यस्तैगरी श्री भिक्टर सापकोटा, २०६६,श्री अपूर्व न्यौपाने, २०६७, सुश्री सरिता अधिकारी, ०६८ सुश्री ,अनिशा खड्का, ०६९ ,सुश्री सरिता अर्याल, ०७०, श्री सुशान्तमान सिंह मास्के, ०७१ , सुश्री ज्वाला ढकाल, ०७२, सुश्री विज्ञता कार्की, ०७३लाई विताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमञ्च नेपालबाट बाल प्रतिभास्वरुप कदर पत्र प्रदान गरिएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment