कबिता-लेनिनको पत्र कमरेड किरणलाई-सङ्गीत श्रोता 

अरुणिमा, कविता

कमरेड किरण !
रुसमा बाग्मती थिएन
भोल्गा थियो

भोल्गामा पानी थियो
पानीमा माछा थिए
के तपाईंलाई माछा मन पर्छ रु

माफ गर्नुहोला कमरेड किरण !
पठाउन सकिन यतिखेर आलो माछा
अक्टोबरका सिद्रा पठाएको छु
(सुनेको छु– नेपालमा जाडो बढेको छ)
चखाउनुहोला सिद्राको तातो सुप
कमरेड प्रचण्डलाई पनि ।
(“म काठमाडौं आइपुगेूँ” बाट )

Facebook Comments

Leave a Reply