सत्ता मात-लोक लामा (कबिता)

अरुणिमा, कविता

चन्द्रसूर्यको छायाँमुनी
आसिन पगरीवालहरू
मुलुक हाँक्ने अठोटको प्याला समातेर
लगाउँदैछन-
सत्ता स्वादका चुस्कीहरू ।

मात चढेरै होला १
मलमलको गद्दीबाट ओर्लेर
मैलो सुकुलमाथी
लम्पसार परेको अभिनय गर्छन्
दुस्खको गीत गाएजस्तो गर्छन्
गरिबको आवाज सुनेजस्तो गर्छन्
तर फेरि पुरानै ठाँटमा
बुरुक्क उफ्रन्छन् गद्दीमाथी
र, लगाउँछन्
सत्ता स्वादका चुस्कीहरू ।

मान, इमान र स्वाभिमानलाई
लिलाममा राखेर
तिनै पगरीवालहरू
देशको नायक भएका छन् ल

निमुखा जनताहरू
मौन दर्शक बनेर
तिनकै अभिनय हेर्न बाध्य छन् ।

क्या गजबले मौलाएको छ
यो देशमा- सत्ता मात ।

Facebook Comments

Leave a Reply