सरकार र व्यवसायी विचको वार्ता अन्यौलमा

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघ र सरकार विचको वार्ता अन्यौलमा परेको छ । वार्ता स्थगित भएको लामो समय बितेता पनि अर्को वार्ता कहिले बस्ने भन्ने विषयमा अजै टुङ्गो नलागेको हो । संघको तर्फबाट वार्ता टोलीका एक सदस्य रोहन गुरुङ्ले अनौपचारिक छलफल भैइरहेकाले चाँडैनै वार्ता बसि निष्कर्शमा पुगिने प्रभावलाई बताए । उनले भने,‘अनैपचारिक छलफल जारि छ, एकअर्कार्को व्यस्तताले गर्दा वार्तामा बस्न सकिएको छैन, केही दिनमै पुन बसी टुङ्गाउनेछौं ।’ गुरुङ्ले निर्णायक वार्ता बस्ने बारे मितिचै खुलाएनन् ।

उता गुरुङ्ले यसो भनिरहँदा व्यवसायी भने रुष्ट्र बन्दै संघको कडा आलोचना गर्न थालेका छन् । संघको नेतृत्वले लामो समयदेखी आफूहरुको आन्दोलनलाई ‘बच्चाको खेल’ बनाएको भन्दै व्यवसायीहरु रुष्ट्र बनेका हुन् । व्यवसायिहरुले माग पूरा नहुँदै आन्दोलनलाई संघको नेतृत्वले स्थगीत गरि गम्भिर घोका दिएको आरोप लगाएका छन् । धोका दिनुको पनि सिमा हुन्छ एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने,पहिलो आन्दोलन तुहाईयो, दास्रो आन्दोलन पनि नेतृत्वले नाटकिय ढंगले तुहाईदियो अव के नै बाँकी छ र ?’ ती व्यवसायीले प्रभावसँगको कुराकानीमा अघि थपे ‘माग पूरा नहुञ्जेल आन्दोलन कायमै रहनुपथ्यो, तर विचमै स्थगित गरियो, यो नै व्यवसायीका लागि गम्भिर धोका हो । ती व्यवसायीले आन्दोलन तुहाउने मुख्य योजनाकार एवं नाइके संघका अध्यक्ष विमल ढकालनै रहेको दावी गरे । वर्तमान नेतृत्वका कारण व्यवसाय झनै धराशयी बनेको बताउँदै उनले दुईबटै व्यवसायीको निर्णायक भनिएको आन्दोलन तुहाउनमा संघका अध्यक्ष विमल ढकाललेकै हात रहेको बताए ।

ती व्यवसायीले मूख्य योजनाकार ढकालले पदमा बसिरहने नैतिकता गुमाइसकेको बताए । उनले गल्ती महसुश गरी नैतिकताका आधारमा ढकालले २४ घण्टा भित्रै पदबाट राजीनामा दिनुको अर्को विकल्प नरहेको प्रष्ट पारे । उनले भने,‘निर्णायक भनिएको दुवै आन्दोलन तुहाउने ढकाललाई पदमा बस्ने अधिकार छैन्, नैतिकताका आधारमा चौँबिस घण्टा भित्र ढकालले राजीनामा दिनुपर्छ ।’

ती व्यवसायीले अध्यक्ष हुँ भन्दैमा विमल ढकालले संघभित्र निरकुंशता लादेको आरोप लगाए । उनले भने,‘जे कुरा नि ढकालले एक्लौटी गर्ने,दुई पटक सम्म आन्दोलन भए व्यवासयीलाई आन्दोलनमा आउ भन्ने तर छलफलमा कहिल्यै नबसाल्ने्, यो त सिधै निरकुंशता लादेको होईन र ?’ उनले, अव लामो समय यो नेतृत्वलाई पर्खि बस्न नसक्ने पनि बताएका छन् । ती व्यवसायीले ‘चर्तिकला’ देखाउन ढकाललाई नेतृत्वमा आफूहरुले नपठाएको बताउँदैं ढकालले केही समय यही रवैया देखाए आफूहरुले ढकालको खुलेरै राजीनामा माग्न बाध्य हुने उल्लेख गरे ।

– विजय दमासे (प्रभाव दैनिक बाट)

Facebook Comments

सम्बन्धित

Leave a Comment