योगको प्रचार गर्न सरसफाइ

एविसि खबर

काठमाडौं, १० वैशाख । चन्द्रागिरि नगरपालिकाले योग अभ्यासको महत्वलाई बढाउन योग अभ्यास तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । इन्द्र अन्नपूर्ण योगकेन्द्र, नैकापको समन्वयमा भएको उक्त कार्यक्रममा ‘योगको माध्यमबाट स्वस्थ रहौँ, मस्त रहौँ’ भन्ने अभियानसमेत सुरु गरिएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द पाण्डेले अहिलेको व्यस्त समाजमा मानिसलाई अनेकौँ तनाव भइरहने हुँदा निरोगी बन्नका लागि योग शिक्षालाई उपयोग गर्नुपर्नेमा जोड दिँदै यसले सबैको स्वास्थ्यमा फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।

राप्रपा नेपालका नेता देवेन्द्र प्रधानले त्यस क्षेत्रमा रहेका सांस्कृतिक महत्वका सम्पदा तथा धरोहरलाई संरक्षण गरी चक्रपथ, अस्पताल निर्माण गर्न राष्ट्रिय योजना आयोगमा प्रस्ताव गरिएको जानकारी दिँदै योगले सर्वसाधारणको मन तथा मष्तिस्कलाई समन्वय गरी स्वस्थ र फुर्तिलो बनाउने हुँदा त्यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

इन्द्र अन्नपूर्ण योगकेन्द्रका प्रमुख डा. सुभाषकुमार घिमिरेले समाजमा योग शिक्षालाई व्यापक बनाउन सकेमा सबै निरोगी भई अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रमा सरकारले गरेको लगानी अन्य क्षेत्रमा उपयोग गर्न सकिने बताए । उक्त कार्यक्रममा नगरपालिका तथा त्यस आसपास क्षेत्रमा सरसफाइसमेत गरिएको थियो ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment