भोजपुरमा विरुवाका लागि आवेदन

भोजपुर, १० वैशाख । जिल्ला कृषि विकास कार्यालय भोजपुरले जिल्लामा कृषकहरूका लागि आवश्यक विरुवा उपलव्ध गराउन आवेदन खुला गरेको जनाएको छ । कृषि कार्यालयले उपलव्ध गराउन सक्ने विरुवाहरुको लिस्ट तयार पारेर प्रत्येक कृषकहरूले आपूmले रोप्न चाहेको विरुवाको माग गर्न आह्वान गरेको हो ।

जिल्लाका कृषकहरूले अत्यधिक रूपमा लगाउने गरेको अलैँची, सुन्तला तथा अन्य विभिन्न विरुवाहरू जिल्ला कृषि विकास कार्यालय भोजपुरले विभिन्न वाह्य जिल्लामार्फत उपलव्ध गराउँदै आइरहेको छ । ढुवानी मूल्य तथा विरुवाको आधा मूल्य छुटमा उपलव्ध गराउने विरुवाका लागि कृषकहरूको मागको आधारमा आयात गरिने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरका वागमानी अधिकृत कृष्णप्रसाद रेग्मीले बताए । गतवर्ष मात्रै ६ लाख विरुवाको कृषकहरूको माग आएको थियो । तर, कृषि विकास कार्यालयको आर्थिक व्यवस्था अनुसार करिब २ लाख ५० हजार मात्र विरुवा वितरण गरिएको थियो ।

इलाम, सप्तरी, सिराह, धनकुटालगायत स्थानहरू र भोजपुर जिल्लामा नै विरुवा नर्सरीबाट उत्पादन गरिएका विरुवाहरू वितरण गरिँदै आइएको छ । कृषकहरूको उत्साह पछिल्लो समयमा बढी पाइएको र किसानहरूले लगेका विरुवासमेत राम्रो फस्टाउने गरेको जिल्ला कृषि कार्यालयले जनाएको छ । कृषकहरूले आपूmलाई आवश्यक पर्ने विरुवाका लागि यही वैशाख महिनाभर जिल्ला कृषि विकास कार्यलयमा माग गर्न सक्नेछन् । जेठ महिनामा विरुवाको व्यवस्था गरी असारमहिना मौसम अनुकूल भएकाले असारमा वितरण गरिने कार्यालयले जनाएको छ । विगत वर्षहरूमा कृषकहरूको माग अनुसार वितरण गर्न नसकिए पनि आउने वर्षदेखि जिल्लामा समेत विरुवा नर्सरीहरू प्रभावकारी बन्दै गएकाले माग अनुसार वितरण गर्न सकिने कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment