पविधनको ‘मेले वनैमा’ बजारमा

कला

एविसि खबर

काठमाडौं, ८ बैसाख । पाका संगीतकार पविधन खालिङले संगीत दिएका बाल गीतहरुको एल्बम ‘मेले वनैमा’ सार्वजनिक भएको छ । एल्बममा धनबहादुर खालिङको एकल रचना रहेको छ भने प्रियंका खालिङ राई, मनिष चौधरी, दीपु परियार, अमृत परियार, प्रतिक खालिङ राईले स्वर दिएका छन् ।

विमोचन समारोहमा उक्त एल्बमबाट संकलित रकम सोलुखुम्बको फुलेलीमास्थित श्री सरस्वती बालबाटिका विद्यालयलाई सहयोग स्वरुप प्रदान गरिने घोषणा गरिएको थियो । चोमोलुङमा प्रतिष्ठान, नेपालद्वारा आयोजित समारोहमा संगीतकर्मी ज्ञानु राणालाई ‘चोमोलोङ्मा पविधान संगीत पुरस्कार’ र साहित्यकार मुलिवीर राईलाई ‘मन लक्की पुरस्कार’बाट सम्मान गरिएको थियो । पुरस्कारमा नगदराशी ८ हजार ८ सय ४८ रुपैयाँ रहेको थियो ।

Facebook Comments

Leave a Reply