मधेसपछि राजधानीमा शसक्त आन्दोलन

एविसिखबर
काठमाडौं, ९ बैसाख । संविधानको विभिन्न बुँदाहरुमा फरक मत राखेर संविधान घोषणा पूर्वबाटै आन्दोलनमा रहेको मधेसी मार्चाले आन्दोलनको स्वरुपलाई परिवर्तन गर्ने संकेत दिएको छ । तराइ मधेसमा लामो समयदेखि विभिन्न चरणको आन्दोलन संचालन गर्दै आएको मोर्चाले अबको आन्दोलन राजधानी केन्द्रित हुने जनाएको छ ।

आन्दोलनलाई उत्कर्षमा पु¥याउन व्यापक प्रचार प्रसार तथा कुटनीतिक तहमा आन्दोलनप्रति समर्थन जुटाउन प्रयासहरु भइरहेको संघीय समाजवादी फोरमका अध्यक्ष तथा मधेसी मोर्चाका उपेन्द्र यादवले जनाएका छन् । आन्दोलनमा विदेशीको समर्थन जुटाउन मधेसी दलले नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग छलफल समेत गरेको छ ।

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहका मधेसवादी दलहरुले विदेशी कुटनीतिक प्रतिनिधिको बिचार बुझेर आन्दोलनको स्वरुप तयार गर्दै रणनीतिक रुपमा अगाडि बढ्ने मोर्चाले जनाएको छ । संघीय समाजवादी फोरमा अध्यक्ष यादवले नेपालको अहिलेको परिस्थितिबारे छलफल गर्ने गरी भेटघाट भएको जानकारी दिएका छन् ।

यसअघि १९ चैतमा बसेको मोर्चाको बैठकले ६ वैशाखमा अन्तक्रिया कार्यक्रम गर्ने र ९ वैशाखमा विदेशी नियोगका प्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको थियो । मधेसी दलहरुले सुरु गर्ने भनिएको आन्दोलन जिल्ला र क्षेत्र केन्द्रीत हुने भएको छ ।

मोर्चाले संविधानले आदिवासी जनजाती, मधेसी, मुस्लिम तथा अलपसंख्य पिछडियका समुदायको अधिकारलाई सुनिश्चित गर्न नसकेको तथा संघीयतामाको सवाल राजनीतिक स्वास्र्थ पूर्तिका आधारमा प्रदेश बनाएर जनतालाई अधिकार सम्पन्न बनाउन नसकेको भन्दै आन्दोलन गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment