विष्ट विस्थापित लामा स्थापित

एविसि खबर
काठमाडौं, ८ बैशाख । स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई राप्रपा नेपालले फिर्ता बोलाएपछि विष्टका ठाउमा रेशम लामालाई पठाएको छ । रेशम लामालाई सहायक मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई पत्र पठाइसकिएको पार्टीका प्रमुख सचेतक दिलानाथ गिरीले जानकारी दिएका छन् । उनका आनुसार लामा मुस्ताङमा रहेका कारण लामा काठमाडौं आएपछि मन्त्री पदको शपथ हुनेछ । मुस्ताङमा रहेका लामा भोलि काठमाडौं आइपुग्दै छन् ।

पार्टीको विधान विपरित काम गरेको भन्दै विराज विष्टलाई सोमबार पार्टीले फिर्ता बोलाएपछि सो ठाउँमा लामालाई पठाउने निर्णय गरिएको गिरीले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment