राजदुत नियुक्तीका बारेमा घेदुङको आपत्ती
एविसी खबर
काठमाडौं, ८ बैसाख । सरकारले भर्खैरै सिफारिस गरेको राजदुत नियुक्तिका विषयमा नेपाल तामङ घेदुङले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रीपरिषदले मंगलबार सिफारिस गरेको २१ राजदुतहरुमा एकजना पनि तामाङ समुदायलाई नसमेटेको भन्दै घेदुङले विरोध जनाएको हो ।
नेपालको संविधान २०७२ को मर्म भावना विपरित सरकारले गरेको सिफारिस तत्काल सच्याउन माग गर्दै घेदुङद्वारा जारी विज्ञप्तीमा सरकाले यस अघि गठन गरेको जम्बो मन्त्रीमण्डल गठन गर्दा समेत तामाङ समुदायको प्रतिनिधित्व नगराएकोमा विरोध जनाएको छ । विज्ञप्तीमा ‘सरकारले गठन गरेको जम्बो मन्त्रीमण्डल र सर्वोच्च अदालतको न्यायधिस सिफारिसमा समेत एकजना तामाङ समुदायको व्यक्ति समेट्न नसक्नु बाट व्यवहारत यो सरकारले भर्खरै जारी नेपालको संविधान २०७२ को भावना र मर्म विपरित कार्यगरेको हाम्रो ठहर छ । ’ लेखिएको छ ।
बुधबार जारी विज्ञप्तीमा सरकारले गरेको पक्षपात पुर्ण निर्ण तत्काल सच्याउन माग गर्दै उक्त निर्णय नसच्याए थप आन्दोलनको कार्याक्रा अगाडि बढाउन बाध्य हुने समेत घेदुङका महसचिव महितकुमार तामाङ (बाबु) ले हस्ताक्षर गरेका विज्ञप्तीमा उल्लेख छ ।