कविता -दोभानहरु भेट्न

दोभानहरु भेट्न 
– नाकारा

तिमी र म फरक फरक ठाउमा नजन्मेको हो भने
कसरी बन्थ्यो र यो दोभान  !?
र , तयार हुन्थ्यो
साझा लक्ष्य चुम्ने महान यात्रा  !?
भेट भएको छ –
चलिरहने हावासङ्गै
हिडिरहने बाटोसङ्गै
बगिरहने नदिसङ्गै
ए कान्छी !
नथाक है !
पुग्नु छ निक्कै माथी –
हाम्रो अपहरित जुनतारा टिप्न
टुङ्ग्याउनु छ लामो यात्रा –
खोसिएको स्वर्ण बिहान ल्याउन !

पाइला पोल्न खोज्नेहरु
झोस्दै गरून्
बाढी छाद्न खोज्नेहरु
मच्चिदै गरून् !

भत्किए पनि बाटाहरु
ताछिए पनि हत्केलाहरु
लाछिए पनि पाखुराहरु
बलिरहने आगो सङ्गै भेट भाको छ हाम्रो  !
के दुखेसो गर्छौ  !
एकै ठाउमा
एकै समयमा
जन्मिएन रहेछौ भनेर !
आखिर तिमी
पल्लो डिलबाट
र म वल्लो डिलबाट
अघि पछि नजन्मेको भए
एसरी काँ दोभान हुन्थ्यो र हाम्रो फुलिरहने फुलसङ्गै  !?
ए कान्छी !
लामो नबिसाऔ है !
हिँडी हाल्नुपर्छ
चम्किरहने घामसङ्गै…

निरन्तर… , निरन्तर
अरु नि थुप्रो दोभानहरु भेट्न !

Facebook Comments

Related posts

2 Thoughts to “कविता -दोभानहरु भेट्न”

  1. टंकबाहदुर आलेमगर

    मरक्कै मर्कियो मन डाली नै कविता ! जिन्दावाद नाकारा सर!!

  2. Nawa rai

    Very nice poem daju congratulation

Leave a Comment