क्रिकेटको क्याप्टेन पारस क्याप्टेन नै सावित

एविसि खबर
काठमाडौं, ७ बैसाख । नेपाली यूवाहरुको क्रिकेट क्रेज बढिरहेको बेला क्रिकेटका क्याप्टेन पारस खड्काले साँच्चै क्याप्टेन भएको सावित गरेका छन् । सोमबार भएको नामाविया भर्सेस नेपालको खेलमा उनले शतकि पार गर्दा दर्शक दिर्घामा रहेका नेपालीहरुले उनलाई चमत्कारी आँखाले हेरिहेका थिए । अगाडि निकै कमजोर प्रर्दशन गरेको नेपाली खेलाडिहरुको खेलमा हरेसिएका दर्शकहरुलाई एका एक चौका र छक्काको प्रहारले उनीमाथी विस्वासको नजर पर्न थालेको थियो भने फिन्सिङमा र शरद भेषवाकरको खेलप्रति क्रिेकेटप्रेमिको आशावदी नजर फर्किएको थियो । अन्तत ः यो विस्वासलाई मुर्तरुप दिए उनैले ।

Nepal cricketer Basant Regmi (2R) celebrates with his teammate Gyanendra Malla (R) after the dismissal of the unseen Bangladesh cricketer Tamim Iqbal during the ICC Twenty20 World Cup sixth qualifying cricket match between Bangladesh and Nepal at the Zohur Ahmed Chowdhury Stadium in Chittagong on March 18, 2014. AFP PHOTO/Munir uz ZAMAN        (Photo credit should read MUNIR UZ ZAMAN/AFP/Getty Images)
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो जित भयो । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कप्तान पारस खड्काको सतकीय र शरद भेषवाकरको अर्धसतकीय इनिङको मद्यतमा नेपालले नामिबियालाई ३ विकेटले हरायो । अन्त्यतिर निकै रोमाञ्चक बनेको खेल एक बल बाँकी छँदा शरदले चौका प्रशार गरेसँगै नेपालले लक्ष्य भेट्टायो र जित्यो नेपाल ।

यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको आरोप खेप्दै आएका पारसले यो खेलमा भने जादुमयी शतकीय स्कोर सँगै राम्रो इनिङ खेले । उनले ८९ बलमा ७ छक्का र पाँच चौकाको सहयोगमा १०३ रन जोडेर आउट भएका थिए । नेपालको क्रिकेटको इतिहाँसमा साँच्चै एतिहासिक बने पारस जस्ले क्रिकेट टोलिको कप्तान हुनुको परिचयलाई उनले फेरीपनि उत्तिकै वजनमा राखेर सानो कमजोरीका वावजुद उनी आउट भए । त्यसपछि मैदानमा उत्रिएका भेषवाकरले १० बलको सामना गर्दै ५ चौकासहित ७४ रन जोड्दै खेलको फिन्सिङ गरे । एकबल बाँकी रहँदा उनले यो जित निकालेका हुन् ।

2यस्तै खेलमा ज्ञानेन्द्र मल्लले २२ रन र विनोद भण्डारीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङ तर्फ नामिबियाका सलेन बर्गर एक्लैले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपालसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गर्यो । नामिबियाका लागि स्टेफलले ५१, पिकिया फ्रान्सले ४, जेन ग्रिनले ४७, गेरहार्ड इरासमुस ३, गेरी स्निम्यान शून्य, लोहन लोरेन्स १०, निकोलस ७ र जेपी कोत्जे ३२, जेजे स्मित १४ रन बनाएर आउट भए । सुरेल बर्गरले अविजित ४३ रन बनाएका थिए । नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दीप लामिछानले समान दुई विकेट लिए ।

यसअघि शनिबार त्रिवि क्रिकेट मैदानमै भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सम्भावना बलियो भएको छ ।

दुई जीतसँगै नेपालको अंक ४ भएको छ । त्यस्तै एक खेल खेलेको नामिबियाको एक अंक रहेको छ । प्रतियोगिताको पहिलो खेलमा हङकङलाई हराएपछि नामिबियाले जित निकाल्न सकेको छैन। हङकङसँगको दोस्रो खेल गुमाएको नामिबियाले नेपालसँग खेल्नुअघि केन्यासँगको दुवै खेलमा पराजय भोगेको थियो । नामिबियाले २००१ देखी डिभिजन वानमा रहेको टोली हो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निराशजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुबै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment