हलेसीमा बढे चिनिया पर्यटक

संगिता राई
खोटाङ ७ वैसाख । पूर्वको पवित्र तिर्थस्थलका रुपमा रहेको हलेसीमा चिनिया पर्यटकहरुको आगमन बढेको छ । हलेसीमा हिन्दु, बौद्व तथा किरात धर्मको संगम स्थलको रुपमा रहेको महादेव थान, बसाहा गुफा, गुरु पद्मसम्भवले साधना गरेको मारातिका गुम्वा, तथा किरात रेछाकुले मन्दिर बसेको एतिहासिक ओडार रहेको हलेसी हेर्न अवलोकन गर्न उनिहरु त्याहाँ पुगेका हुन् ।उनिहरुले त्यहाँ रहेको भौगौलिक स्थानहरुको अध्ययन तथा पुरात्वात्कि कुराहरु हेरेर प्राकृति दृष्यमा रमाएको बताएका छन् ।

यस्तै पछिल्लो समयमा हलेसीमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्दो रहेको छ । उद्योग वाणिज्य महासंघका नि. वर्तमान केन्द्रिय सदस्य तथा खोटाङका वाणिज्य संघका पूर्व अध्यक्ष खुशनारायाण सैँजुले हलेसीलाई पूर्वको राम्रो र एतिहासिक महत्व बोकेको पर्यटकिय स्थल रहेको बताएका छन् । उनले हलेसीमा सुविधा सम्पन्न आवासगृहहरु निर्माण हुनेक्रम बढे सँगै पर्यटकहरुको आकर्षण बढेको जानकारी दिए । भर्खरै खुलेको हलेसी भिलेजका संचालक समेत रहेका उनले पर्यटन प्रवद्र्वन गर्न सके अझ बढी पर्यटकहरु ल्याउन सकिने उनले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment