लक्ष्मी स्टील राईजिङस्टार – सिजन २ मा “अनुष्का”

एविसि खबर
काठमाडौं, ६ वैसाख । “लक्ष्मी स्टील राईजिङस्टार – सिजन २”मा अनुष्का महर्जनले उपाधी चुमेकी छन् । होलिगार्डेन स्कुल बालाजुकी कक्षा ९ मा अध्ययनरत मानन्धरले बेष्ट परफरमेन्स अवार्ड सहित दोश्रो राईजिङस्टारको ताज पहिरिन सफल भएकी हुन् । उनले नगद ५०,हजार रुपैया रकमका साथमा ताज, ट्रफी, तथा विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु जितेकी छिन । अनुष्कालाई गतवर्षको पहिलो विजेता स्मेरा सिंले ताज पहिराएकी थिइन् ।

डेफोडिल स्कुल कपनमा कक्षा ७ मा अध्ययनरत आशिका पराजुली मस्ट ब्युटिफुल अवार्ड सहित सिनिएर तर्फबाट फस्र्टरनर अप बन्न सफल भएकी छन् भने जुनिएर तर्फबाट लिटिल एन्जल स्कुलकी कक्षा ५ मा पढ्ने क्रिष्टल राई मस्ट फोटोजेनिक अवार्ड सहित फस्र्टरनर अप भईन् । यसैगरी सेकेण्ड रनरअप सिनिएर तर्फको उपाधी भने माउण्टभ्यु स्कुलमा कक्षा ९ मा पढ्ने निराजन राउतले बाजी मारे र जुनिएर तर्फबाट बेष्ट पर्सानालिटी अवार्ड सहित लिटिल एन्जल स्कुलकी शितल लिम्बु सेकेण्ड रनर अप भईन् ।

कार्यक्रममा पत्रकार अशोकप्यासी राई, संगीतकार टीका भण्डारी, टीभी जोर्नालीष्ट सुमीतप्रताप जबरा, नृत्य निर्देशक सुमनसागर जंग केसी, मोडल कला सुब्बा, मीस मंगोल २०१२ की सपना रोका, मेनहन्ट २०११ निर्जन थापा र मीस युथ २०१५ की दिपीका केसी सहभागीहरुको परफमेन्सका आधारमा निर्णय गरेका थिए ।

सोही कार्यक्रममा क्रियटीभ वल्र्ड शैक्षिक सम्मान २०७२ बाट होलीगार्डेन स्कुल बालाजुका संस्थापक प्रिन्सिपल एवं प्रशिद्ध गायक तथा संगीतकार श्री किरण प्रधानलाई सम्मान गरिएको थियो । त्यसैगरी नगद रु. १०,००० सहित क्रियटीभ वल्र्ड शैक्षिक पत्रकारिता पुरस्कारद्धारा शिक्षा पत्रकार एवं स्काउट मास्टर श्री बलराम प्यासीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक धिरज राईका साथ कलाकारहरु जलज प्रजापति, स्वराजसागर प्रधान, मेनुका राई र रेवत राईले आफ्नो गायन प्रश्तुती दिएका थिए भने गतवर्षकी बिजेता स्मेरा सिंले तथा बन्दना कला केन्द्रले नृत्य प्रश्तुत गरेका थिए । नेपाली राष्ट्रगानका रचयिता व्याकुल माइलाले पानसमा द्धीप प्रज्जवन गरि कार्यक्रमको उद्घाटन गरेको कार्यक्रमका संयोजक तथा क्रियटीभ वल्र्डका प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाहरुको व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको बिकासले भोलिको सबल राष्ट्र निर्माणमा सघाउ पु¥याउन मद्धत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

aaaaसव टाईटल अवार्ड पाउने प्रतियोगीहरु ः
१. मस्ट ट्यालेन्टेड अवार्ड – जुनियरबाट आर्या केसी (कक्षा ४, आइडल मोडल स्कुल)
सिनियरबाट ह्रितिना भट्टराई (कक्षा , क्यारिवियन स्कुल)
२. बेष्ट पर्सोनालिटी अवार्ड – जुनियरबाट शितल लिम्बु (कक्षा ५, लिटिल एन्जल स्कुल)
सिनियरबाट क्रेशा कोइराला (कक्षा ८, जेम्स स्कुल)
३. बेष्ट परफरमेन्स अवार्ड – जुनियरबाट आर्या केसी (कक्षा ४, आइडल मोडल स्कुल)
सिनियरबाट अनुष्का मानन्धर (कक्षा ९, होलिगार्डेन स्कुल)
४. मोस्ट फोटोजेनिक अवार्ड – जुनियरबाट क्रिष्टल राई (कक्षा ५, लिटिल एन्जल स्कुल)
सिनियरबाट श्रेया राई (कक्षा ६, लिटिल एन्जल स्कुल)
५. बेष्ट डिसीप्लिन अवार्ड – जुनियरबाट रिभा महर्जन (कक्षा ४, पुष्पसदन स्कुल)
सिनियरबाट अर्विशा थापा (कक्षा ८, लिटिल एन्जल स्कुल)
६. क्युटेष्ट चाईल्ड अवार्ड – जुनियरबाट एन्जल तिमील्सीना (कक्षा २, क्याम्ब्रीज पब्लिक स्कुल) सिनियरबाट ममता गौतम (कक्षा ७, लिटिल एन्जल स्कुल)
७. मोष्ट ईन्टेलीजेन्ट अवार्ड – जुनियरबाट अनिल तामाङ (कक्षा २, इडनब्रीज एकेडेमी)
सिनियरबाट श्रेहा अग्रवाल (कक्षा ८, लिटिल एन्जल स्कुल)
८. मोष्ट कन्फीडेन्ट अवार्ड – जुनियरबाट जान्बी भण्डारी (कक्षा २, लिटिल एन्जल स्कुल)
सिनियरबाट परिशा भट्टराई (कक्षा ९, होलिगार्डेन स्कुल)
९. बेष्ट स्माईल अवार्ड – जुनियरबाट डेबिट राई (कक्षा ४, ब्राइटस्टार स्कुल)
सिनियरबाट ह्रितिना भट्टराई (कक्षा ८, क्यारिवियन स्कुल)
१०. बेष्ट फ्रेन्डशीप अवार्ड – जुनियरबाट कृतज्ञ राई (कक्षा २, इडनब्रीज एकेडेमी)
सिनियरबाट क्रिस्टिना सिन्चुरी (आइडल इङ्लिस स्कुल)

११. मोष्ट सिन्सियर अवार्ड – जुनियरबाट निलिशा तण्डुकार (कक्षा ४, आइडल मोडल स्कुल)
सिनियरबाट गरिमा श्रेष्ठ (कक्षा ९, ग्यालेक्सी पब्लिक स्कुल)
१२. स्मार्ट चाईल्ड अवार्ड – जुनियरबाट सिरिन श्रेष्ठ (कक्षा ४, सेन्ट मेरिज स्कुल)
सिनियरबाट सन्ध्या अर्याल (कक्षा ६, पुष्पसदन स्कुल)
१३. मोष्ट हेण्डसम अवार्ड – जुनियरबाट शुभम शर्मा (कक्षा २, लिटिल एन्जल स्कुल)
सिनियरबाट सामुयल लामा (कक्षा ७, नाइटिंगेल स्कुल)
१४. मोष्ट ब्युटीफूल अवार्ड – जुनियरबाट समिक्षा गुरुङ (कक्षा ४, लिटिल एन्जल स्कुल)
सिनियरबाट आशिका पराजुली (कक्षा ७, डेफोडिल स्कुल)
१५. मोष्ट पपुलर अवार्ड – जुनियरबाट एन्जिला महर्जन (कक्षा ३, आइडल मोडल स्कुल)
सिनियरबाट श्रेया थापा (कक्षा ७, जेम्स स्कुल)
१६. मोस्ट अबिडियन्ट अवार्ड – जुनियरबाट सुहाना श्रेष्ठ (कक्षा ५, आइडल मोडेल स्कुल)
सिनियरबाट ब्रिक्श्ना शाही (कक्षा ६, लिटिल एन्जल स्कुल)
१७. मोस्ट हेल्पफूल अवार्ड – जुनियरबाट दीया सिलवाल (कक्षा ४, ब्राइटफ्यूचर स्कुल)
सिनियरबाट अन्वेष निरौला (कक्षा ९, बिनायक शिक्षा निकेतन)

१८. उत्कृष्ठ अभिभावक सम्मान – जुनियरबाट एन्जीला महर्जनकी अभिभावक
सिनियरबाट श्रेया थापा तथा क्रेशा कोइरालाका अभिभावक ।

Facebook Comments

सम्बन्धित

Leave a Comment