पूर्वको स्टेज तताउँदै सचिन

काठमाडौं । खोटाङ जिल्लाबाट संगीतको मझेरीमा धिपधिपे उज्यालो खोज्दै दिक्तेल बजार र मुडेको उकालो ओरालामा स्वर उराल्ने सचिनअहिले पुर्वको स्टेजहरुमा जमजमाउने गायकका रुपमा चिनिन्छन् । जिल्लामा हुने सानो ठुलो जस्तो सुकै कार्यक्रमहरुमा पुगेर आफ्नो प्रस्तुति दिन अफ्ठयारो नमान्ने सचिन सबैको प्यारो सचिन बनेका छन् अहिले । गाउँमा हुने विद्यालयको कार्यक्रम होस कुनै सांगीतिक महोत्सव जहाँपनि सचिनको खोजि हुन थालेको छ । उनले खोटाङ भएका साना देखि ठुला सबैसँगको दुरी नजिकमा राखेका छन् । विद्यालयमा पढ्दा देखिनै विद्यालयमा संगीतको मोहजालमा फसेका उनले विस्तारै स्टेजहरुमा अरुको गीतको नक्कल गर्दै गाउन थालेका हुन् ।

जिल्लामा आयोजना भइरहने विभिन्न कार्यक्रममा गीत गाउने उनले भावि योजना नै गायक बन्ने बनाएर अगाडि बढाएको बताउँछन् । जिल्ला सदरमुकाम देखि १ घण्टा टाढा बाम्राङ सामातुङमा जन्मेका उनी सामन्य जीवन जीउनु मै रमाउने बताउँछन् । खोटाङ तारा, खोजि प्रतिभा जस्तो अडिसनहरुमा सहभागि भएपनि खालि हात बनेका उनले संगीतमा सारेगम खोज्नै पर्ने भन्नेमा पुगे । सुरुमा विना साधना प्रतिस्पर्धाहरुमा सहभागि भए । जसरी सहभागी भए त्यसरीनै त्यसको परिणाम पनि प्राप्त गरे । तर पछिल्लो समयमा उनले खोटाङ सुगम स्टारमा उपाधी हात पारे जस्को परिणाम उनले नाक थाम्नैको लागि पनि संगीतमा बढि भन्दा बढि ध्यान दिन थाले जस्ले उनलाई हाल स्थापित गायक बनाएको छ ।

sachin2खोटाङ सुगम स्टार बनेका सचिन नेपाल आइडलको शिर्ष पाँचमा पर्न सफल भए । यो बेला सम्म उनी उम्दा गायकका रुपमा परिचत समेत बनेका थिए । प्राय लोक आधुनिक गीतमा जम्ने सचिनले ४ वटा गीत समेटेर आफ्नो गीति एल्वम ‘सुगमस्टार’ नै  बजारमा समेत ल्याइसकेका छन् । उनले आफुलाई सुगम स्टार नै भनेर चिनाएको एल्वमको शिर्ष गीत ‘म हुँ सुगम स्टार’ रामधन वेदनाको शब्द तथा विनोद खम्बुको संगीतमा रहेको छ । उनको यो गीतलाई अधिक श्रोताले मनपराएको लिष्टमा परेका छन् ।

उनले पछिल्लो समयमा आफ्नो एल्वममा रहेको गीतको म्यूजिक भिडियो निर्माणमा लागेको बताएका छन् । नयावर्षको पेरीफेरीमा खोटाङ देखि भोजपुर हुँदै संखुवासभा सम्म गीत गाउनकै लागेका पुगेका उनले संखुवा सभाबाट भने, ‘म गाउन कै लागि जन्मिएको रहेछु भन्ने पो लागि रहेको छ ।’ उनले भने, ‘श्रोता तथा दर्शकहरुको माया भन्नु नै प्राण त हो नी ।’
उनले आफ्नो गीतको म्यजिक भिडियो सँगै नयाँगीतहरु समेत रेकर्ड गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । पछिल्लो समयमा अलिक बढि

ग्रामिण भेगका कार्यक्रमहरुमा व्यस्त बनेको बताउने उनले भने,‘ माया भन्नु गाउँैमै रहेछ ।’ गायनकै शिलसिलामा मलेशिया सम्म पुगेर आइसकेका उनले कलाकारको माया गाउँमा कि विदेशमा बढी हुने गरेको बताए ।

‘शहरमा आफै प्रतिस्पर्धा छ । गाउँमा जति मिठो माया कहाँ पाइन्छ र शहरमा ?’ उनले हलका प्रेमिल भाकामा भने । तरपनि सबै सुविधा र साधनका लागि शहरमै रमाउनु पर्छ यो बाध्यता हो ।
–भिम दुमि

Facebook Comments

सम्बन्धित

Leave a Comment