अस्पतालमा मनपरी शुल्क

यौन / स्वास्थ्य

एबिसि खबर
मोरङ, ६ वैशाख । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरुपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदिँदा विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनपरी मनोमानी शै्यया शुुल्क लिने गरेको सेवाग्राही सुभाष कामतले गुनासो गरे ।

न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको ८०० देखि २ हजारसम्म शुल्क लिने गरेको छ । सो अस्पतालले सामान्यक्याबिनको तीन हजार, डिलक्सको चार हजार र आइसियुुको दैनिक छ हजार श्यया शुल्क लिने गरेको छ । यस्तै विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क एक हजार २५०, डिलक्स रु दुई हजार ७७५ र सुपर डिलक्सको नाममा  तीन हजार ८८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै आइसियुुको छ हजार शुल्क लिने गरेको छ ।

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य श्ययाको रु एक हजार ५० देखि २ हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा रु सात हजार शुल्क लिने गरेको छ । त्यस्तै लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क रु एक हजार, डिलक्स रु तीन हजार र आइसियुमा रु छ हजार बेड शुल्क लिने गरेको छ ।

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य श्ययाको ३५० देखि एक हजार, आइसियु तीन हजार ५०० र एनआइसियुको रु चार हजार ५०० लिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु योङ्देनले निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताए । उनले भने, ‘शुल्क समायोजनका लागि पटकपटक आग्रह गरेका छौँ तर अस्पताल सञ्चालकले चासो दिनुभएन ।’

Facebook Comments

Leave a Reply