सालपामा २३ करोड निक्षेप

अर्थ

एविसि खबर
खोटाङ, ५ वैसाख । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा राखेर खोटाङबासीकै सहकार्यमा सञ्चालित सालपा बिकास बैंकले २३ करोड रुपैंयाँ बढी निक्षेप संकलन गरेको जनाएको छ । सदरमुकाम दिक्तेलबाट ०६९ साल साउन–३ गतेदेखि कारोबार सुरु गरेको बैंकले चैत्र–२४ गतेसम्ममा २३ करोड १४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।

निक्षेपअन्र्तगत चल्तीतर्फ ८० लाख ७० हजार १ सय ५६, बचततर्फ १८ करोड ३३ लाख ६८ हजार ३ सय ७, मुद्धतितर्फ ३ करोड २९ लाख ८१ हजार ८ सय १३ र कल खातातर्फ ७० लाख २२ हजार ७ सय २६ रुपैयाँ कारोबार भइरहेको बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले जनाएका छन् । गएको शुक्रबार दिक्तेलमा आयोजित चौथो साधारणसभामा बैंकले आर्थिक वर्ष ०७२÷०७३ को साउन–१ देखि चैत्र–२४ गतेसम्ममा १८ लाख ९२ हजार ९ सय ४ रुपैयाँ मुनाफा आर्जन भएको जनाएको छ । यस आर्थिक वर्ष ४० लाखको मुनाफा टार्गेट गरिए पनि यो लक्ष्य चैत्रमै पूरा गर्ने जनाईएको छ । बैंकले ओभरड्राफ्ट कर्जा ११ करोड २९ लाख २९ हजार ८ सय ५२ तथा अन्य कर्जामा ३ करोड ७६ लाख ४३ हजार ४ सय ३९ गरी कुल १५ करोड ५ लाख ७३ हजार २ सय ९२ रुपैयाँ कर्जा प्रबाह गरेको जनाएको छ ।

२ करोडको पुँजी लगानीबाट शुरु गरिएको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ । यस्तै, बैंकले आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवा समेत प्रदान गर्दै आएको छ ।

 

Facebook Comments

Leave a Reply