वैदेशिक रोजगारको कथामा आधारित नाटक

संगीता राई

खोटाङ, ५ बैशाख । खोटाङका दक्षिणी क्षेत्रमा बैदेशिक रोजगार सम्बन्धी सचेतनामुलक सडक नाटक ‘अरबको ब्याथा’ प्रदर्शन भईरहेको छ । जिल्लामा स्थापित भ¥याङ नाट्य समुहका कलाकारहरुद्वारा खोटाङको जिल्लाका दक्षिणमा रहेका १५ गाबिसमा नाटक ‘अरबको ब्याथा’ प्रदर्शन गर्ने कार्य जारी रहेको छ ।

बालसेवा समाज नेपाल नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को बिद्यालय तथा आमसञ्चार कार्यक्रमअन्र्तगत सचेतनामुलक सडक नाटक प्रदर्शन भईरहेको जनाईएको छ । सडक नाटक दक्षिणी १५ गाबिस तथा दिक्तेल नगरपालिकाका बिभिन्न बिद्यालय तथा स्थानमा प्रदर्शन गरिरहेको परियोजनाका कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिए । उनका अनुसार सडक नाटकका माध्यमबाट सुचना तथा सन्देश दिँदा प्रभाबकारी हुने भएकाले यो बिधि अपनाईएको हो । दक्षिणी गाबिसहरुमा रेडियो पत्रपत्रिकालगायतबाट सूचना तथा सन्देशको पहुँच पु¥याउने काम न्युन रहेकाले सडक नाटकलाई सो क्षेत्रमा पु¥याईएको हो ।

बैदेशिक रोजगारीका क्रममा पुरा गर्नुपर्ने प्रक्रिया, अपनाउनुपर्ने सजकता, सिक्नुपर्ने तथा लिनुपर्ने सीप तालिम, बुभ्mनुपर्ने कानुन तथा भाषा लगायतका बिषय नाटकमा उठान हुने जनाईएको छ । त्यहाँ हुन सक्ने दुर्घटना, पाईने दुःखलगायत गाउँ र अरबको दृश्य देखाई सीप, तालिम, सूचना लिएर जाँदा र नलिई जाँदा, भाषा सिकेर जाँदा र नसिकी जाँदा, कागजपत्रका प्रतिलिपी बिल–भपाईलगायतका प्रक्रिया पु¥याएर जाँदा र नपु¥याई जाँदाका फाईदा र बेफाईदाका पक्षहरु नाटकमा उतारिएको छ । बैदेशिक रोजगारीमा जान तयार ब्यक्ति तथा परिवारलाई सुचना र सन्देश दिने उदेश्यले गत चैत्र २९ गतेदेखि शुरु गरिएको नाटक १५ वैसाख सम्म प्रर्दशन गरिने आयोजकले जनाएका छन् ।

 गन्दर्भ गीति यात्रा

बालसेवा समाज नेपाल नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी) को बिद्यालय तथा आमसञ्चार कार्यक्रमअन्र्तगत गन्दर्भ गीति यात्राको एक सय स्थान गीत गाउने कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा जानुपुर्बको तयारी, जाँदा अपनाउनुपर्ने साबधानी, पु¥याउनुपर्ने प्रक्रिया, बिदेशमा हुन सक्ने सम्भाबित दुर्घटनालगायतका जानकारी तथा सुचना साराङगी र गीतको माध्यमबाट दिने उदेश्यले गन्दर्भ गीति यात्राको आयोजना गरिएको हो ।

खोटाङको दक्षिणी बिभिन्न गाबिसबाट महिना दिन अगाडी तय गरिएको यात्रामा सामेल भोजपुर जरायोटारका तेजेन्द्र गन्दर्भका टोली बिभिन्न सय स्थानमा साराङगी रेटेर गीतको माध्यमबाट सुचना तथा सन्देश दिएर फर्किएको कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिए । साराङगीको धुनसँगै गीत बनाएर सुचना तथा सन्देश दिँदा मानिसहरु झुम्मिएर चाखपुर्बक सुनिदिने गरेकाले गीति यात्रा कार्यक्रम प्रभाबकारी तथा उपलब्धिमुलक बनेको संयोजक रिजालको भनाई छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment