सिम्पल लिभिङ हाइ थिङ्किङ : इसक (भिडियो सहित)

कला

काठमाडौं, ४ वैसाख । पाँचथरमा जन्मेका विर्तामोड हुँदै काठमाडौंमा आएर निरन्तर कलायात्रामा आफ्नो यात्रालाई निख्खारता ल्याउने कोशिसमा रहेका उम्दा युवा प्रतिभा हुन इसक राई । पाँचथरको फिदिम नगरपालिका ६ चोक्माबुमा जन्मेका उनी विद्यालय स्तरबाटै गीत संगीत लहसिएका थिए । बुवाको इच्छा थियो आफुजस्तै लाहुरे बनाउने तर उनले त्यो भन्दा फरक बाटो समाते र लागे संगीत यात्रामा ।

iasaskउनले खोजि प्रतिभामा सुरुमा सहभागी भए काठमाडौं सम्म आइपुगे तर सफलता पाउन सकेनन् । तर पनि उनलाई यसमा कुनै गुनासो छैन । इसक भन्छन, ‘मैले संगीत सुनेको भरमा गीत गाउँदै हिँड्दा प्रतिस्पर्धामा कहाँबाट सफलता पाउने । म जुन स्थान सम्म आउन सके त्यो नै मेरो लागि ठुलो उपलब्धि थीयो ।’ फदिमकै नया नमुना बोर्डिङ स्कुलबाट एसएलसी परिक्षा दिएका उनले एसएलसि पास गर्नसाथ काठमाडौं आएको बताउँछन् । काठमाडौमा आएपछि लगातार संगीतको अलवा अभिनयमा समेत व्यस्त बनेका इसक बहुमुखि प्रतिभाका धनी कलाकार हुन् ।

भारतीय हिन्दि गीतका गायक सोनु निगमको गीतबाट प्रभावित भएका उनले नेपाली संगीतका नारायण गोपाल श्रेष्ठको गीतले मुटुमा छुन थालेपछि नेपाली संगीतमा आफुलाई उभ्याउने प्रयत्न जारी राखेका छन् । भर्खरै बजारमा ‘इसक’ एल्वम लिएर बजारमा आएका उनको ‘सिम्पल लिभिङ हाइ थिङकिङ’ बोलको गीतले निकै चलेको छ । विक्रम राईको शब्द तथा संगीतमा रहेको यो गीत पछिल्लो समयमा युवायुवतीका लागी बनाइएको गीत भएको समेत उनले बताएका छ । चारवटा गीत समेटिएको इसक एल्वममा रहेको उक्तगीतमा इसकलाई मिलन आमात्यले साथ दिएकी छन् । उक्तगीतको म्युजिक भिडियो समेत युट्युव मार्फत उनले बजारमा ल्याएका छन् ।

गायनको अलवा उनले अभिनय यात्रालाई समेत जारी राखेका छन् । सुरुमा एशीएन म्युजिकले बजारमा ल्याएको नयन लामाको गीतबाट मोडलिङमा डेब्यु गरेका उनले हाल सम्म दर्जन बढी गीतहरुमा मोडलिङ गरिसकका छन् । उनले नेपाली चलचित्रहरुमा समेत उतिकै अभिनय सुरु गरेका छन् । संगीतमा लाग्दै गर्दा उनले अनुराग म्युजिक सेन्टरबाट संगीत कक्षा लिन सुरु गरे । उनलाई अर्जुन साकोटा तथा राम सिटौलाले संगीतको कखरा सिकाएको बताउँछन् । उनलाई अभिनय भने दिपक क्षेत्रीसँगको संगतले सिकेको उनको भनाइ रहेको छ ।

संगीत तथा अभिनयलाई निरन्तरता दिँदै अगाडि बढेने जाँगर आफुसँग भएको बताउँदै उनले संगीतले महल जोड्न नपुगेपनि खान पुग्ने कुरामा आफु विस्वस्त रहेको बताउँछन् । उनले भने,‘संगीतमा लाग्ने जो कोहीले ठुलो सपना साँच्न नहुने भन्दै आफुलाई पुग्ने मात्र सपना बोक्नु पर्छ ।’ संगीतलाई व्यवसाय बनाउने हो भने पनि यस्को व्यवसायीकतालाई मर्न नदिनेगरी संचालन गर्नुपर्ने उनको धारणा रहेको छ । नेपाली कलाकारहरुमा सबै भन्दा ठुलो भनेको नै जीवन बचाउँन गरिने संघर्ष रहेकाले आफुलाई यो क्षेत्रको संघर्ष प्रिय लाग्ने गरेको उनको भनाइ रहेको छ ।

प्राय स्टेजहरुमा आफुलाई व्यस्त बनाउँदै आएका ‘इसक’ले भने, आफुले जहिल्यै आफ्ना सिनियर गुरुहरुलाई आफ्नो सफलताको श्रेय बाँढ्न इच्छुक रहेका बताएका छन् । नेपाली संगीतको लोक आधुनिकलाई आफ्नो प्याटन कायम राख्न चाहेको बताउँदै उनले नेपाली चलचित्रका गतिहरुमा समेत गीत गाएका छ ।

निकैवटा चलचित्रमा सर्पोटिङ रोलमा अभिनय गरेका उनले नया वृत्तचित्रहरुमा समेत अभिनय गरेका छन् । इसक अभिनित नेपाली चलचित्र ‘समय मौसम’ प्रदर्शनमा आइसकेको छ भने अर्को भेडिगोठभने प्रदर्शनमा आउन बाँकी रहेको उनले बताए । भावि दिनमा आफ्नो गीतको प्रमोशन तथा नया म्युजिक भिडियोमा अभिनय गर्ने तयारीमा रहेको उनले संगीतलाई जीवनको महत्वपूर्ण पाटोमा अंगीकार गरेको बताएका छ ।

-भिम हलक्सु

भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

Leave a Reply