थारु सहित्यिक मेला सुरु

एविसि खबर
दाङ, ४ वैशाख । थारु साहित्यिक मेला शुक्रबारदेखि यहाँ सुरु भएको छ । साहित्यिक मेलाको उद्घाटन गदै नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्यिक विभागका प्रमुख श्रवण मुकारुङले मातृ भाषाको सरक्षणका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् । जातिले आफ्नो भाषा संरक्षणका लागि मात्र अगाडि बढेर त्यस जातिको भाषा संरक्षण हुन नसक्ने भन्दै त्यसका लागि राज्यले पहल थाल्नुपर्ने उनले बताए । उनले भने, ‘राज्यले बेलैमा नसोचे नेपालमा रहेका मातृभाषा लोप हुने छन् ।’

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा थारु संस्कृतविद् महेश चौधरीले लोक साहित्यको जगेर्नाबाट नै मातृभाषाको संरक्षण हुने बताए । त्यसका लागि लोक साहित्यको संरक्षण गरिनुपर्ने उनको भनाइ छ । विभिन्न संघसंस्थाको आयोजनामा भएको दुईदिने साहित्यिक मेलामा थारु भाषा, साहित्यजस्ता विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिने तथा अन्त्यमा दाङ घोषणापत्र ल्याइने छ । मेलामा पूर्व चितवनदेखि पश्चिम कञ्चनपुरसम्मका थारु साहित्यकारको सहभागिता छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment