पहिलो पटक सल्यान र रुकुममा क्रिकेट हुने

एविसि खबर
रुकुम ३ बैशाख । पहिलो पटक सल्यान, रुकुम र दाङको योङ स्टार युवा क्लव विच मैत्रिपुर्ण क्रिकेट प्रतियोगीता हुने भएको छ । नयाँवर्षको अवसर पारी बैशाख ६ देखी ९ गतेसम्म जिल्ला क्रिकेट संघ सल्यानको आयोजनामा “फस्ट टि–२० न्यु इयर ट्रफि” हुन लागेको हो ।

सल्यानलाई खेलमा स्थापित गर्ने तथा सल्यान, रुकुम र दाङको क्रिकेट विकासमा टेवा पु¥याउने उद्येश्यले आयोजित प्रतियोगीता खलंगा स्थित त्रिभुवन जनता माविको लुहापिङ मैदानमा हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जानकारी दिए ।

पहिलो पटक आयोजना गरिएको त्रिपक्षिय मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता यस क्षेत्रको क्रिकेट विकासमा कोशेढुंगा सावित हुने अध्यक्ष हमालले विश्वास व्यक्त गरे । खेल मैत्रीपुर्ण भनिएपनि पुरस्कारको व्यवस्थाका लागी पहल भैरहेको बताईएको छ । प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सल्यान क्रिकेट संघले जनाएको छ । रुकुमबाट जिल्ला स्तरिय टोलीको प्रतिनिधित्व हुनेगरी कुनैपनि क्रिकेट प्रतियोगीतामा सहभागीता जनाउन लागेको यो पहिलो पटक हो । जिल्ला स्तरिय क्रिकेट टोलीको घोषणा भएमा त्यो नै जिल्लाको पहिलो क्रिकेट टिम हुने छ ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment