कडा शुरुक्षाका बिच नेपाल र नामिबिया भिड्ने

एविसि खबर
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पिनशिप अन्तर्गत नेपाल र नामिबिया शनिबार भिड्नेछन् । जितको खोजीमा रहेको नेपालले नामिबिया विरुद्ध जित हासिल गर्ने लक्ष्यका साथ चूनोती पेस गर्नेछ ।

किर्तीपुरस्थीत त्रिभुवन विश्व विद्यालयको मैदान नेपालले नामिबियाविरुद्धको आफ्नो पहिलो खेल शनिबार खेल्नेछ । सोमबार पनि नेपाल र नामिबिया विश्व क्रिकेट लिग च्याम्पिनशिपको दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् । कडा शुरक्षाका बीचको खेल हुने सुरक्षाकर्मीले जनाएका छन् । सुरक्षा व्यवस्था कडा गर्नकै लागि तथा मैदान भित्र दर्शकलाई व्यवस्थित बनाउन १ सय २३ प्रहरी खटिने छन् ।

मैदान घेरिएको पर्खाल भन्दा ५० मिटर बाहिर मात्र टिकट नभएकाले बस्न पाउनेछन् । अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले आफ्नै मातहातमा नेपाल–नामिबियाको खेल आयोजना गर्दैछ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment